तल्लो जात भएर भोज खाएको भन्दै यादव समुदायका एक युवकले दलित समुदायका बालक कुटे !
आफूलाई उच्च जात भनेर दलित, सीमान्तकृत, अल्पसँख्यक समुदायलाई निरन्तर हेपाई, कुटपिट गर्दा धर्मान्तर गर्नेको सँख्या समेत बढदै गएको छ । ग्रामिण भेकमा जातको हिसाबले हुने दुरव्यवहारपछि सयौँ जनाले हिन्दु धर्म छाडेर अन्य धर्ममा प्रवेश गर्न थालेका छन् ।

२०८० बैशाख २९ शुक्रबार, बिहान ८:१७ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । पासवान भएर यादव जातीको भोज खाएको भन्दै एक बालकलाई कुटपिट गरिएको घटना बाहिरिएको छ ।
महोत्तरीमा कथित ठूला जातिको भोज खाएको निहुँमा एक दलित बालक माथि कुटपिट भएको छ। गौशाला नगरपालिका वडा नं. १ बस्ने सत्रुधन पासवानको १६ वर्षीय छोरो अविनास पासवान माथि वैशाख २६ गते राती स्थानीय ४० वर्षीय राम बिनेक यादवले कुटपिट गरेका हुन्।
पीडित परिवारजले वैशाख २७ गते इलाका प्रहरी कार्यालय गौशालामा जातीयछुवाछुतको नाममा कुटपिट गरिएको भनि उजुरी गरेपनि कुनै सुनवाई नभएको बालकका बुवा शत्रुधन पासवानले बताए।
पीडित पक्षले न्यायको लागि पहल गरि दिनु भनि मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरीका प्रतिनिधि अजयकुमार साहलाई लिखित रुपमा नै निवेदन दिएका छन् ।
यसरी भयो घटनाः
बालक अविनाश पासवान वैशााख २६ गतेको दिन गौशला १ मा स्थानीय सुरतन यादवको आमा बितेको १३ औं दिनको पुण्यतिथिमा अन्तिम भोज कार्यक्रममा टेन्टको काम गर्न आएका थिए।
अविनास संगै काम गर्न आएका अन्य जातिका उसको साथीहरुलाई पनि एकातिर बसेर भोज खादै गर्दा सोहि वडामा घर भएका ४० वर्षीय रामबिनेक यादवले अविनास पासवानलाई त तल्लो जातको मान्छे यहाँ किन आएको र किन भोज खाको भन्दै भोज खाने ठाउँ मै आएर गाली बेईज्जिती गर्दै पिटेका थिए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…