बुलेट ट्रेनको स्पीडमा काम गर्ने भनेका मुख्यमन्त्री यादवको 'कछुवा गति'
भौतिक पूर्वाधार मन्त्रालयमा ठेकेदार, उपभोक्ता समितिहरुको स्ट्राईक जारी रहँदा मुख्यमन्त्री यादवलाई झन भारी भएको छ । अर्थ मन्त्री सँजय कुमार यादवविरुद्ध ठेकेदारहरुले मौखिक हडताल जारी राख्दा समेत मधेश प्रदेश सरकारले गति लिन सकेका छैनन् ।

२०८० बैशाख २९ शुक्रबार, बिहान ७:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशमा बुलेट ट्रेनको गतिमा विकास हुने भनिएका मुख्यमन्त्री यादवको कछुवा गतिले मधेशवासी परेशान भएका छन् । मधेश सरकारको पाँचौ वार्षिकोत्सवको क्रममा मधेश प्रदेशमा बुलेट ट्रेनको गतिमा काम हुने भनेका मुख्यमन्त्री यादवको गति कछुवा गति भएको छ ।
पाँचौँ बार्षिकोत्सवको अवसरमा लामो लामो फ्याँकेका मुख्यमन्त्री यादव नेतृत्वको सरकारले कुछवा गतिमा काम गरिरहेको छ । मधेश सरकार अन्तर्गतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बाहेकका मन्त्रालयहरुको काम पाउज भएको छ ।
कृषि मन्त्री ईन्जिनीयर बसन्त कुशवाहाले मधेश सरकारको प्रतिष्ठा जोगाएपनि मुख्यमन्त्री यादवको कछुवा गतिको कामले विकासको अनुभूति दिलाउन सकेका छैनन् । मधेश सररकार अन्तर्गतको अन्य मन्त्रालयहरु मन्त्री बिहिन हुँदा मुख्यमन्त्री यादवलाई थप चुनौति समेत भएको छ ।
भौतिक पूर्वाधार मन्त्रालयमा ठेकेदार, उपभोक्ता समितिहरुको स्ट्राईक जारी रहँदा मुख्यमन्त्री यादवलाई झन भारी भएको छ । अर्थ मन्त्री सँजय कुमार यादवविरुद्ध ठेकेदारहरुले मौखिक हडताल जारी राख्दा समेत मधेश प्रदेश सरकारले गति लिन सकेका छैनन् ।
यसअघिका सरकारले बनाएको आसेपासे बजेट समेत चल्न नसक्दा मुख्यमन्त्री यादवले भनेका बुलेट ट्रेनको गतिको विकास कछुवा गतिमा परिणत भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…