जनकपुरः दिनदहाडै चोरी गर्दैगर्दा नामुद चोर रँजीत दास रँगेहात पक्राउ
धनुषाको विभिन्न चौकी, ईलाकामा आउने प्रहरीहरुसँग मिलोमत्तो गरी उनले चोरी डकैतीलाई मूर्तरुप दिँदै आएका थिए । उनको समाजिक सँजाल हेर्दा मात्र प्रहरीहरुसँगको तस्विर साँझा गरिएको छ । यसले प्रहरीहरुसँगको मिलोमत्तोमै निरन्तर यस्ता घटनाहरुलाई अँजाम दिँदै आएको आँकलन गर्न सकिन्छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बेद प्रसाद गौत्तमले उनलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । भोली बुधबार

२०८० बैशाख २७ बुधबार, राति ८:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा विगतदेखि नै चोरी, डकैती कार्यमा सँलग्न भनिएका नामुद चोर रँजीत दास रँगेहात पक्राउ परेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ जानकी मन्दिर क्षेत्रस्थित एक स्थानीयको घरबाट सुन चाँदीको गहना चोरी गर्दा गर्दै रँगेहात पक्राउ परेका छन् । मँगलबार दासलाई धनुषा प्रहरीको टोलीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले अहिले विस्तृत जानकारी दिन मानेका छैनन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ कपिलेश्वर बस्ने रँजीत दास जनकपुरमा नामुद चोर मानिन्छन् । विगतदेखि नै दास चोरीसहित डकैती काण्डहरुमा पनि रहेको बताइएको छ ।
धनुषा प्रहरीले दासलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । जानकारी अनुसार, वडा नं. ९ स्थित रहेको स्थानीय बेचु साहको घरमा पसेर अलमिरा (दराज) फोडेर बच्चाहरुको हातमा लगाउने बलिया, औँठीहरु चोरी गरेका छन् ।
घर मालिक बेचु साह सुतिरहेको बेला उनको ढोका खोलेर चोरी गर्दा गर्दै पक्राउ परेका छन् । बेचु साह उठदा उनको दराज नजिक उभिएका रँजीत दास र अन्य एक जना भागेका थिए । बाहिरबाट दरबाजाको ढोकाको चुकुल लगाएर भागेका दुवै जनालाई स्थानीयहरुले समातेर प्रहरीको जिम्मा लगाएको हो ।
चोर चोर हल्ला गरेपछि स्थानीयहरुले मोटरसाईकल चढेर चोरी गर्न गएका दासलाई पक्राउ गर्न सफल भएको थियो । उनी बर्षौदेखि चोरी चकारी, डकैती काण्डहरु गर्दै आएका छन् ।
धनुषाको विभिन्न चौकी, ईलाकामा आउने प्रहरीहरुसँग मिलोमत्तो गरी उनले चोरी डकैतीलाई मूर्तरुप दिँदै आएका थिए । उनको समाजिक सँजाल हेर्दा मात्र प्रहरीहरुसँगको तस्विर साँझा गरिएको छ । यसले प्रहरीहरुसँगको मिलोमत्तोमै निरन्तर यस्ता घटनाहरुलाई अँजाम दिँदै आएको आँकलन गर्न सकिन्छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बेद प्रसाद गौत्तमले उनलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । भोली बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…