शुल्क तिर्दा पनि कलेजले दिएँन सकल प्रवेश पत्र, फोटोकपी प्रवेश पत्रले प्रवेश गर्न अवरोध
यता, ब्रह्मचारी दामोदरनन्द कलेजका प्रमुख संजय साहले सकल प्रवेश पत्र नरहेको कारण प्रवेश गर्न अवरोध गरेका थिए ।

२०८० बैशाख १२ मंगलबार, बिहान ११:४८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको गोलबजार नगरपालिका वडा नम्बर ४ स्थित रहेको रा.रा.ता.ज.ब क्याम्पसमा अध्ययनरत एक छात्रा अम्बिका साहले क्याम्पसको वार्षिक शुल्क पूर्ण रुपमा तिरिसक्दा पनि सकल प्रवेश पत्र पाएकी छैनन्।
सिरहाको गोलबजारमा रहेको सो क्याम्पसमा बि.बि.ए.स को प्रथम वर्षमा अध्ययनरत रहेकी अम्बिका साहले पैसा नतिर्दा सकल प्रवेश पत्र नपाउँदा फोटोकपीको आधारमा मङ्गलवार बिजनेस अंग्रेजी विषयको परीक्षा दिन पाएकी थिइन् ।
तर, आज १२ गते रहेको पिएम (Principle of Managemnt) विषयको परीक्षामा सकल प्रवेश पत्र नभएकै कारण आधि घण्टा प्रवेश गर्नमा मिर्चैयामा रहेको श्री ब्रह्मचारी दामोदरनन्द कलेजका क्याम्पस प्रमुख संजय साहले रोक लगाएका थिए।
दुई दिन त्यहीँ विद्यार्थीले फोटोकपी प्रवेश पत्रले परीक्षामा सहभागी भएको थिए तर आज रोक लगाएको सञ्चारकर्मीले जानकारी प्राप्त भए लगतै मिर्चैया स्थित ब्रह्मचारी दामोदरनन्द कलेजमा पुगेका थिए। विद्यार्थीले रोक किन लगाएको क्याम्पस प्रमुख साह सँग प्रश्न गर्दा उनले असभ्य तरिकाले आफूलाई यस बारे केही न सोध्नुस् भनेर जवाफ दिए। सकल प्रवेश पत्र नभएर कसरी दुई वटा परीक्षा दियो भनेर सोध्दा ,त्यो मलाई थाह छैन, भनेर जवाफ फर्काए । रा.रा.ता.ज.ब क्याम्पसको परीक्षा सेन्टर मिर्चैया स्थित रहेको छ भने, ब्रह्मचारी दामोदरनन्द कलेजको सेन्टर गोलबजारमा रहेको छ ।
आज ब्रह्मचारी दामोदरनन्द कलेजको प्रमुख संजय साहले आज हरेक विद्यार्थीको प्रवेश पत्र आफैले परीक्षा हलमा प्रवेश गर्न अगाडि नै चेक-जाँच गरेका थिए। चेक-जाँच गर्दै क्रममा अम्बिका साह सँग सकल प्रवेश पत्र नरहे कै कारण प्रमुख संजय साहले प्रवेश गर्न दिएको थिएनन् । परीक्षा सुरु भएको झन्डै आधि घण्टा सम्म प्रवेश गर्न दिएको थिएन।आधि घण्टा पछी मात्र छात्रालाई गोलबजार क्याम्पसका शिक्षक भगवानबाबु साह परीक्षा केन्द्रमा पुगेर प्रवेश गराएका थिए।
श्री ब्रह्मचारी दामोदरनन्द कलेजका प्रमुख संजय साह अनुसार अम्बिका सँग फोटोकपी प्रवेश पत्र मात्र थियो, उक्त प्रवेश पत्रमा होलोग्राम थिएन। त्रिभुवन विश्वविद्यालयको अनुसार होलोग्राम नभएको प्रवेश पत्रको मान्यता हुदैंन आफ्नो सूचनामै उल्लेख गरेको छ।
गत वैशाख ५ गते मंगलबार देखि सुरु भएको स्नातक तह बिबिएस प्रथम वर्षको परीक्षामा एक विद्यार्थीले परीक्षा वार्षिक फि तिर्दा पनि सकल प्रवेश पत्र नपाउँदा फोटोकपीको आधारमा परीक्षा दिदैँ गरेको छ ।
उक्त, क्याम्पसमा अम्बिका साह र उनकी बहिनी पुजा साह दुवै जना सँगै स्नातक प्रथम वर्षमा अध्ययनरत रहेकी छिन्। “बहिनीको फि बाँकी छ, आफूले एक पटक आठ हजार अर्को पटक दस हजार गरि जम्मा अठार हजार रुपैयाँ तिरिसक्दा पनि बहिनीको कारण आफूलाई क्याम्पस प्रमुखले प्रवेश पत्र नदिएको अम्बिका साहले बताइन।
अम्बिकाले फि तिरेको क्याम्पस प्रमुख किशोर साहले स्वयम् आफै स्वीकार गरेको अडियो हामी सँग सुरक्षित छ, तापनि अम्बिकाले सकल प्रवेश पत्र अहिले सम्म नपाएको विद्यार्थीका दाजुले जानकारी दिए, पूजाको पैसा पनि तिर्नु पर्छ भनेर विद्यार्थीका दाजुलाई क्याम्पस प्रमुखले जवाफ फर्काएका छन् ।
छात्राकी दाजुलाई समेत क्याम्पस प्रमुख साहले असभ्य रूपमा “पैसा छैन भने किन पढाउँछस् ” भनेर क्याम्पस प्रमुख किशोर साहले थर्काएका थिए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…