एमाले अग्रस्थानमा
काठमाडौँ, २३ मंसिर : प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मंसिर १० र २१ गते भएको निर्वाचनको हालसम्म प्रतिनिधिसभातर्फ ३४ र प्रदेशसभातर्फ ५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगस्थित सूचना प्रणाली व्यवस्थापन महाशाखाकाबाट प्राप्त जानकारीअनुसार प्रतिनिधिसभातर्फ एक महिलासहित ३४ जना उम्मे

२०७४ मंसिर २३ शनिबार, दिउँसो ४:३० बजे१ मिनेट पढाइ

काठमाडौँ, २३ मंसिर : प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मंसिर १० र २१ गते भएको निर्वाचनको हालसम्म प्रतिनिधिसभातर्फ ३४ र प्रदेशसभातर्फ ५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ ।
निर्वाचन आयोगस्थित सूचना प्रणाली व्यवस्थापन महाशाखाकाबाट प्राप्त जानकारीअनुसार प्रतिनिधिसभातर्फ एक महिलासहित ३४ जना उम्मेदवार विजयी हुनुभएको छ ।
त्यसैगरी प्रदेशसभातर्फ दुई महिलासहित ५६ जना प्रदेशसभा सदस्यका उम्मेदवार विजयी हुनुभएको छ ।
प्राप्त पछिल्लो विवरणअनुसार, हालसम्म प्रतिनिधिसभातर्फ नेकपा (एमाल)ले २१, नेकपा (माओवादी केन्द्र)ले सात र नेपाली काँग्रेसका पाँचजना उम्मेदवार विजयी हुनुभएको छ । हुम्लाबाट स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।
आयोगका अनुसार प्रदेशसभा सदस्यतर्फ एमालेका २७, माओवादी केन्द्रका १९, काँग्रेसका ६, राष्ट्रिय जनमोर्चाका दुई, नयाँ शक्ति पार्टीको एक तथा एकजना स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…