मुर्गिया खोला पर्यटन केन्द्र बन्ने : अर्थ मन्त्री यादव
बिनय कुमार यादव | जनकपुरधाम, ३१ बैशाख । प्रदेश नं. २ का अर्थ मन्त्री विजय यादवले मुर्गीया खोला पर्यटकीय हिसाबले बन्ने बताएका छन् । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ९ मुर्गियामा निरीक्षण गर्दै अर्थ मन्त्री बिजय यादवले खोला निरक्षण गर्दै यी खोला पर्यटनको केन्द्र बन्ने दाबी गरेका छन् । खोला निरक्षण ग

२०७५ बैशाख ३१ सोमबार, दिउँसो १२:४५ बजे१ मिनेट पढाइ

बिनय कुमार यादव |
जनकपुरधाम, ३१ बैशाख । प्रदेश नं. २ का अर्थ मन्त्री विजय यादवले मुर्गीया खोला पर्यटकीय हिसाबले बन्ने बताएका छन् ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ९ मुर्गियामा निरीक्षण गर्दै अर्थ मन्त्री बिजय यादवले खोला निरक्षण गर्दै यी खोला पर्यटनको केन्द्र बन्ने दाबी गरेका छन् ।
खोला निरक्षण गर्दै मन्त्री यादवले भने, यो खोलाले किसानहरुलाई कृषि गर्न सहज हुनेछ । मुर्गिया खोलाले पर्यटन केन्द्र बन सक्ने प्रबल सम्भावना छ , खोलाले किसानहरुलाई समेत बाह्रै महिना पानीबाट उन्नत जातका तरकारी खेतीबाट आयआजर्न गर्न समेत टेबा पुग्ने छ ।

आगामी बजेटमा यस खोलालाई घेराबारको लागि बजेट छुट्टाउने बताउँदै अर्थमन्त्री यादवले सर्वे डिजाईन लागि समेत बजेट विनियोजन गर्ने प्रतिबद्धता जाहेर गरे ।
कार्यक्रममा संघीय समाजवादी फोरम नेपाल धनुषा जिल्ला अध्यक्ष चन्देश्वर महतो, विकासको नाममा एकमत भएर अगाडि बढ्दै गए प्रदेशमा नमुना प्रदेश हुनेछ दाबी गरे ।
वडाध्यक्ष सँजीव यादवको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीको तर्फबाट धनुषा १ प्रतिनिधि सभा उमेदवार दिपक कार्की तथा सोही पार्टीका सक्रिय नेता बिनोद यादव, ज्ञानेन्द्र कुमार यादवले आ आफ्ना मनतव्य राखेका थिए भने स्वागत मन्तब्य बन्दना कर्णेले राखेकी थिइन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…