दारी ग्याङद्धारा ढल्केवरमा निःशुल्क डष्टविन
बिजय कुमार सिंह | जनकपुरधाम, ३१ बैशाख । स्थानिय युवाहरुको एक समुह दारी ग्याङले ढल्केबरमा डष्टविन वितरण गरेको छ । “गालामा दारी, काधमा जिम्मेवारी” भन्ने मुल नाराका साथ स्थानिय युवाहरुले गठन गरेको समुह दारी ग्याङले धनुषाको मिथिला नगरपालिकाको प्रमुख व्यापारिक केन्द्र ढल्केबरमा शनिवार निः शुल्क डष्टविन व

२०७५ बैशाख ३१ सोमबार, बिहान १०:५९ बजे१ मिनेट पढाइ

बिजय कुमार सिंह |
जनकपुरधाम, ३१ बैशाख ।
स्थानिय युवाहरुको एक समुह दारी ग्याङले ढल्केबरमा डष्टविन वितरण गरेको छ । “गालामा दारी, काधमा जिम्मेवारी” भन्ने मुल नाराका साथ स्थानिय युवाहरुले गठन गरेको समुह दारी ग्याङले धनुषाको मिथिला नगरपालिकाको प्रमुख व्यापारिक केन्द्र ढल्केबरमा शनिवार निः शुल्क डष्टविन वितरण गरेको हो ।
जथाभावी फोहर नगरौं, सभ्य नागरिकको पहिचान दिऔं भन्ने मुल नाराका साथ सरसफाई अभियानमा सक्रिय भएका दारी ग्याङले शनिवार ढल्केबर पूर्वचौकस्थित करिव ५० बढि पसलहरुमा निः शुल्क डष्टविन वितरण गरेको दारी ग्याङका सदस्य देवराज घिमिरेले बताए ।
डष्टविन वितरण गर्दै ग्याङका सदस्यहरुले जथाभावी फोहरहरु नफालेर डष्टविनको सहि सदुपयोग गर्न पसलेहरुलाई आग्रह गरेका थिए । ग्याङका सदस्य घिमिरेले ब“ाकी रहेको पसलहरुमा केहि दिन भित्रै डष्टविन वितरण गर्ने प्रतिक्रिया दिए ।
फोहरमैला व्यवस्थापन गरेर नगरलाई सफा सुन्दर बनाउन आफुहरु कुनै पनि प्रयास बाकी नराख्ने बताउ“दै सदस्य घिमिरेले यस अभियानमा जुटेर सहयोग गर्न सबै पक्षसंग आग्रह गरे । लामो समय पछि युवाहरु विकास निर्माण तथा समाजिक कार्यमा अग्रसर भएकोमा स्थानिय बुद्धिजीविहरुले खुशी व्यक्त गरेका छन् ।
ढल्केबर दारी ग्याङले आयोजना गरेको निः शुल्क डष्टविन वितरण कार्यक्रममा मिथिला नगरपालिका वडा नं–६ का वडाध्यक्ष भक्त बहादुर वलम्पाकी, सोम प्रसाद शर्मा लगायत ग्याङका दर्जनौं युवा सदस्यहरुको उपस्थिती रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…