जनमत पार्टीको १० लाख युवा रोजगारी अन्तर्गत 'ग्रामिण उद्योग' खोल्न सुरु
जनमत पार्टी जितेको क्षेत्रमा उद्योग खोल्न सुरु भएपछि सो क्षेत्रका जनताहरु उत्साहित भएका छन् । “जुन क्षेत्रबाट जनमत पार्टीको हर्न छाप जितिन्छ, त्यो क्षेत्रमा प्रतिबद्धता अनुसार नै १० लाख मधेशी युवकलाई रोजगारी प्रतिवद्धता पूरा गर्न एक पाईला चालिनेछ ।”– राज्यमन्त्री यादवले भने ।

२०८० बैशाख ६ बुधबार, राति ८:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेशका १० लाख युवकलाई रोजगारी दिने वाचा अनुरुप ग्रामिण उद्योग खोल्न सुरु गरेको छ ।
जनमत पार्टीले औद्योगिक क्रान्ती भन्दै मधेश प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री सँजय कुमार यादवले ग्रामिण उद्योग खोल्न सुरु गरेका छन् । पहिलो चरणमा प्रदेश सँसदीय क्षेत्रभित्र उद्योग खोल्न सुरु गरिएको हो ।
राज्यमन्त्री यादव निर्वाचित सिरहाको निर्वाचन क्षेत्र नं. २ (क) को तीन ठाउँमा तीन उद्योग स्थापना गर्न लागेका हुन् । पहिलो चरणको सुरुवाती चरणमा भवन निर्माण कार्यको लागि प्रत्येक केन्द्रमा रकम २५÷२५ लाख रुपैयाँ छुटयाएका छन् ।
सिराहा जिल्ला निर्वाचन क्षेत्र नं २ (क) का प्रदेश सभा सदस्य एवम् कृषिराज्यमन्त्री सञ्जय कुमार यादव साँसदीय पूर्वाधार विकास कार्य अन्तर्गत संचालित योजना “ग्राम उद्योग केन्द्र” को विस्तृत पञ्च बर्षिय योजना ल्याएका हुन् ।
मधेशमा यातायात सहज र राम्रो जनघनत्व रहेको हुनाले घरेलु उत्पादन तथा स्थानिय उत्पादन र उपभोगको लागी प्रवल सम्भावना रहेको हुनाले यस्तो परियोजना ल्याईएको राज्यमन्त्री यादवले बताए ।
स्वदेशी तथा स्थानिय उत्पादनको उपभोग गरी आफनो अर्थ तन्त्र आफनै ठाऊंमा राखेर अर्थतन्त्रमा सुधार तथा स्वरोजगारलाई प्राथमिकता दिई औधोगिक क्रान्तिको सुरुवात गरी आगामी पांच वर्षमा औधोगिक–हब बनाऊने लक्षय रहेको यादवको कथन छ ।
जनमत पार्टी जितेको क्षेत्रमा उद्योग खोल्न सुरु भएपछि सो क्षेत्रका जनताहरु उत्साहित भएका छन् । “जुन क्षेत्रबाट जनमत पार्टीको हर्न छाप जितिन्छ, त्यो क्षेत्रमा प्रतिबद्धता अनुसार नै १० लाख मधेशी युवकलाई रोजगारी प्रतिवद्धता पूरा गर्न एक पाईला चालिनेछ ।”– राज्यमन्त्री यादवले भने ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…