बैशाख ११ गतेदेखि तेस्रो जनआन्दोलनको घोषणा
जनआन्दोलन, भद्र अवज्ञा र शान्तिपूर्ण आम हडताललाई सफल पार्नुको साथै वैदिक सनातन सापेक्ष राष्ट्र कायम गर्न दबाब दिने उदेश्य आन्दोलनको रहेको छ । “प्रदेश सरकार खारेज सहित देशको समग्र क्षेत्रमा भईरहेको अन्याय, अत्याचार, भ्रष्टाचार, बेथिति , विसंगति, लुटतन्त्र र नेपालीको लगानी र नियन्त्रणमा रहेकोे देशको मेरुदण्ड मानिने यातायात क्षेत्र राज्यको उपेक्षा, वर्तमान वित्तिय नीति र लामो अवधिको लकडाउनका कारण अत्यन्तै संकटग्रस्त अवस्थाबाट गुज्रिरहेकोले र यस विषयमा राज्यलाई पटक–पटक ध्यानाकर्षण गराउदा पनि मागहरू सम्बोधन नहुदा यही मिति २०८० साल वैशाख ११ गतेदेखि तेस्रो जनआन्दोलन,भद्र अवज्ञा तथा शान्तिपू

२०८० बैशाख ३ आइतबार, दिउँसो ३:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रवादी केन्द्र नेपाल (अभियान) का अभियन्ताहरुले आउँदो बैशाख ११ गतेदेखि देशव्यापी जनआन्दोलनको घोषणा गरेका छन् ।
“लुटतन्त्र विरुद्ध संघर्ष, राष्ट्रिय पूंजी र लगानीको सुरक्षा, आजको आवश्यकता” नारासहित अभियानले जनआन्दोलन भन्दै वैशाख ११ गतेदेखि विरोध सुरु गर्ने भएको छ ।
तेस्रो जनआन्दोलन, भद्र अवज्ञा र शान्तिपूर्ण आम हडताललाई सफल पार्नुको साथै वैदिक सनातन सापेक्ष राष्ट्र कायम गर्न दबाब दिने उदेश्य आन्दोलनको रहेको छ ।
“प्रदेश सरकार खारेज सहित देशको समग्र क्षेत्रमा भईरहेको अन्याय, अत्याचार, भ्रष्टाचार, बेथिति , विसंगति, लुटतन्त्र र नेपालीको लगानी र नियन्त्रणमा रहेकोे देशको मेरुदण्ड मानिने यातायात क्षेत्र राज्यको उपेक्षा, वर्तमान वित्तिय नीति र लामो अवधिको लकडाउनका कारण अत्यन्तै संकटग्रस्त अवस्थाबाट गुज्रिरहेकोले र यस विषयमा राज्यलाई पटक–पटक ध्यानाकर्षण गराउदा पनि मागहरू सम्बोधन नहुदा यही मिति २०८० साल वैशाख ११ गतेदेखि तेस्रो जनआन्दोलन,भद्र अवज्ञा तथा शान्तिपूर्ण आम हडताललाई सफल बनाउन आ-आफ्नो पेशा व्यवसाय बन्द गरि सडकमा उत्रिन सम्पुर्ण यातायात, पर्यटन, कृषि, होटेल, उद्योगी व्यवसायीहरु, शैक्षिक तथा धर्मिक संघ-संस्था, श्रमिक तथा विद्यार्थी वर्ग र उपत्यकावासी आम जनसमुदायमा सहभागिता र समर्थनका लागि राष्ट्रवादी केन्द्र नेपाल (अभियान) हार्दिक अनुरोध गर्दछ।”– अभियानको विज्ञप्तिमा उल्लेख छ ।
काठमान्डौँको काटेश्वर, चाबहिल, गोँगबु, कलंकी, ग्वार्को, बागबजार, कालिमाटी लगायतका ठाउँमा बैशाख ११ गतेदेखि बिहान ११ बजे रयाली सुरु गरिने राष्ट्रवादी युवा संघका सचिब तथा राष्ट्रवादी केन्द्र नेपालका महासमिति सदस्य दिवस टाईगर (पटेल)ले जानकारी दिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…