युवा गायक शर्माको नयाँ एल्बम "दिलके बात" को शुटिँग सुरु
न्यूज ब्यूरो | जनकपुरधाम, २९ बैशाख । स्ट्रग्लिँग युवा गायक रँजित शर्माको नयाँ गीति एल्बम "दिलके बात" को शुटिँग सुरु भएको छ । दर्जनौ एल्बममा आफ्नो स्वर दिसकेका युवा गायक शर्माको भिडियो एल्बमको लागि सुटिँग सुरु गरिएको हो । यसअघिका विभिन्न गीति एल्बम, भिडियो एल्बमको अपार सफलतापछि गायक शर्माले मैथिली भा

२०७५ बैशाख २९ शनिबार, बिहान १०:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २९ बैशाख । स्ट्रग्लिँग युवा गायक रँजित शर्माको नयाँ गीति एल्बम "दिलके बात" को शुटिँग सुरु भएको छ ।
दर्जनौ एल्बममा आफ्नो स्वर दिसकेका युवा गायक शर्माको भिडियो एल्बमको लागि सुटिँग सुरु गरिएको हो ।

यसअघिका विभिन्न गीति एल्बम, भिडियो एल्बमको अपार सफलतापछि गायक शर्माले मैथिली भाषाका गीती एल्बम "दिलके बात" को सुटिँग तीव्र पारेका छन् ।
सुरेन्द्र शर्मा, अभिनेता अरुण कान्त, स्वानिका बास्तोलाको गीत रहेको यस एल्बममा रँजीत शर्माले सुमधुर स्वर सजाएका छन् ।

सुटिँगको क्रममा रहेको भिडियो एल्बमको लागि दिनेश ठाकुरले नृत्य निर्देशन गरिरहेका छन् भने एल्बममा अभिषेक पाण्डेले सँगीत सजाएका छन् ।
मैथिली भाषाको यो गीति एल्बममा सबभन्दा बेग्लै खाले नृत्य र आधुनिकता सहित पौराणिकता समेत समायोजन गरिने नृत्य निर्देशक पाण्डले बताए ।

सुटिँग समाप्त भए लगत्तै केही दिनमै एल्बम "दिलके बात" बजारमा उपलब्ध हुने गायक शर्माले बताए ।
शर्माका यसअघिका एल्बमहरु श्रोता, दर्शकले अत्यधिक मन पराएका छन् ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…