पूर्वमन्त्री खानलाई कारवाही गर्न राष्ट्रिय एकता अभियानको रैली
अभियानकी केंद्रीय उपाध्यक्ष सुनीता साहको नेतृत्वमा भएको प्रदर्शनमा राष्ट्रिय विधार्थी परिषदका महासचिव पप्पू यादव, केंद्रीय सदस्य मिना साह, जसपाका कार्यकर्ता चन्द्र यदुवंशी लगायतको उपस्थिति रहेको थियो।

२०७९ चैत २७ सोमबार, बेलुकी ६:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्व खानेपानी मन्त्री अब्दुल खानको एमएमएस भिडियो लीक भएपछि राष्ट्रिय एकता समाजले निलम्बनको माग गर्दै रैली निकालेको छ ।
जनमत पार्टीको केन्द्रीय कार्यालय अगाडी राष्ट्रिय एकता अभियान नामक सँस्थाले साँसदको हैसियतले कारवाही गर्न पार्टी अध्यक्ष डा. सिके राउतसँग माग गरेका छन् ।
मँगलबार केन्द्रीय कार्यालय अगाडी नै राष्ट्रिय एकता अभियानका करिब एक दर्जन सदस्यहरुले बैनर झुण्याउँदै निलम्बनको माग गरेको हो ।
अश्लिल साँसद अब्दुल खान मुर्दाबाद, साँसदको गरिमासँग खेलवाड गरेको भन्दै राजीनामाको माग, खानलाई संरक्षण दिएको भन्दै डा. राउतको विरुद्धमा समेत मुर्दावादको नारा लगाइएको हो ।
अभियानकी केंद्रीय उपाध्यक्ष सुनीता साहको नेतृत्वमा भएको प्रदर्शनमा राष्ट्रिय विधार्थी परिषदका महासचिव पप्पू यादव, केंद्रीय सदस्य मिना साह, काङ्ग्रेसका कार्यकर्ता चन्द्र यदुवंशी लगायतको उपस्थिति रहेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…