एमालेका गगनदेव पनि डा. सिके राउतसँग
शनिबार एमालेका कुशवाहासहित हाम्रो नेपाली पार्टीका नेता रामप्रसाद पटेलले जनमत पार्टीमा प्रवेश गरेका हुन् । दुबैजनालाई पार्टी अध्यक्ष डा.सीके राउतले फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरे ।

२०७९ चैत २५ शनिबार, बेलुकी ७:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बारा निर्वाचन क्षेत्र नं. २ को चुनावी माहौल तातिदाँ विभिन्न पार्टीमा आउने जाने क्रम जारी रहेको छ ।
सोही क्रममा एमाले पार्टीका सो क्षेत्रको लागि प्रभावशाली नेता मानिएका गगनदेव कुशवाहा डा. सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन् । आगामी बैशाख १० गते हुन लागेको उप निर्वाचनको क्रममा डा. सिके राउतलाई सघाउन एमाले परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेका हुन् ।
शनिबार एमालेका कुशवाहासहित हाम्रो नेपाली पार्टीका नेता रामप्रसाद पटेलले जनमत पार्टीमा प्रवेश गरेका हुन् । दुबैजनालाई पार्टी अध्यक्ष डा.सीके राउतले फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…