धनुषा र सिरहाका ३२ जना युवक कत्तारमा फँसे, खाने पैसा नहुँदा भोकै
धनुषा र सिरहा जिल्लाको विभिन्न ठाउँका राम कापर, अमरेश कापर, राम किशेश्वर मण्डल, नन्द कुमार यादब, संजय मुखिया, उमेह मुखिया, सरोज यादव, नरेश साफी, सुदिप सिंह, मनिस मण्डल, मनिष शर्मा, शिव राम, मो। ईसराफिल राईण, कृष्णा शाह, राजेन्द्र महरा, कृष्णा मैनाली, अशोक शाह, लेख बहादुर, मो। जैरल खान, रहिम खान, दुर्गा प्रसाद मैनाली, अजय कुमार शाह, रनिस यादव मलिक, राजेश राई, रमेश सरदार, सुनिल यादव, बिन्देश्वर मण्डल, बम्ब बहादुर , मोहन राई, कुसोथ धोबी, अरुण कुमार यादव, खगेन्द्र धमाल लगायतका रहेका छन् ।

२०७९ चैत २४ शुक्रबार, बेलुकी ६:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । वैदेशिक रोजगारीको शिलशिलामा कतार गएका धनुषा र सिरहा जिल्लाका ३२ जना युवक फँसेका छन् ।
करिब ६ महिना अगाडी नै वर्क सेभर नामक कम्पनीमा काम गर्न गएका धनुषा र सिरहाका ३२ जना युवकले काम नपाएर फँसेका छन् । एजेन्ट मार्फत विदेश गएका उनीहरु अहिले बिच्चलीमा परेका छन् ।
काठमान्डौँस्थित रहेको वाहा मेनपावर कम्पनी मार्फत विदेशिएका ३२ सै जनाले काम नपाएर विच्चलीमा परेका छन् । उनीहरुलाई कम्पनीले न त काम दिएको छ न त तलब नै । विदेश पठाउने एजेन्ट सरोज साह भने सम्पर्कविहिन भएका छन् ।
उनीहरुबाट मेनपावर कम्पनी र एजेन्ट मिलेर प्रति व्यक्ति २ २ लाख रुपैयाँ लिएको गुनासो गरेका छन् । उनीहरु सबै जना एउटै कोठामा सुत्न बाध्य भएका छन् । चर्को गर्मीमा समेत उनीहरु एउटै रुममा सुत्न परेपछि नर्कवास भएको दुखेसो पोखेका छन् ।
धनुषा र सिरहा जिल्लाको विभिन्न ठाउँका राम कापर, अमरेश कापर, राम किशेश्वर मण्डल, नन्द कुमार यादब, संजय मुखिया, उमेह मुखिया, सरोज यादव, नरेश साफी, सुदिप सिंह, मनिस मण्डल, मनिष शर्मा, शिव राम, मो। ईसराफिल राईण, कृष्णा शाह, राजेन्द्र महरा, कृष्णा मैनाली, अशोक शाह, लेख बहादुर, मो। जैरल खान, रहिम खान, दुर्गा प्रसाद मैनाली, अजय कुमार शाह, रनिस यादव मलिक, राजेश राई, रमेश सरदार, सुनिल यादव, बिन्देश्वर मण्डल, बम्ब बहादुर , मोहन राई, कुसोथ धोबी, अरुण कुमार यादव, खगेन्द्र धमाल लगायतका रहेका छन् ।
उनीहरुले न्यूज ब्यूरो मार्फत आफूहरुलाई सहयोगको लागि गुहार लगाएका छन् । भोकै सुत्नुपरेको अवस्था दर्साउँदै उनीहरुले यथाशिघ्र काम दिन वा नेपाल फर्काउन आग्रह गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…