अस्पतालको लापरवाहीले नवजात शिशुको मृत्यू, आफन्तहरु आन्दोलनमा
अस्पतालमा आईसियू लगायत सुविधा छैन भने हामीलाई अघि भन्नदिनु पथ्र्यो । श्रीमती अल्टासाउण्ड हुदाँ समेत डाक्टरले केही भनेन । बच्चा जन्मदा समेत सामान्य अवस्थामा थियो तर एक्कासी २ घण्टापछि डाक्टरले बच्चा मरेको खबर गरेको उनले दुखेसो पोखे ।

२०७९ चैत २२ बुधबार, बेलुकी ५:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवा स्थित प्रार्देशिक अस्पताल प्रशासनको लापरवाहीले एक नवजात शिशूको मृत्यू भएको भन्दै आफन्तहरु आन्दोलित भएको छ ।
कविलासी नगरपालिका वडा नं. ९ सलेमपुर निवासी शत्रुधन रामकी श्रीमती अस्मिता देवीलाई सुत्केरी व्यथा लागेपछि हिजो मलंगवार प्रार्देशिक अस्पतालमा भर्ना भएकी थिईन ।
राति ७ बजे सामान्य अवस्थामा छोरा जन्माएपछि परिवारमा खुशियाली छाएको थियो तर त्यो खुशि आंशूमा परिणत हुन्छ भने कसैले कल्पना समेत गरेका थिएन ।
सामान्य अवस्थामा रहेका शिशूलाई करिब ९ बजे डाक्टरले मृतक घोषणा गरेपछि दलित परिवारमाथि बज्रपात नै खस्यो । सामान्य अवस्थामा रहेको बच्चाको मृत्यू भएपछि अस्पताल प्रशासनको चरम लापरवाही रहेको भन्दै आफन्तहरुले आन्दोलित भएका छन ।
श्रीमतीलाई सुत्केरी व्यथा लागेपछि मलंगवार बिहान करिब १० बजे प्रादेशिक अस्पतालमा भर्ना गरेको मृतक शिशूको बुबा शत्रुधन रामले बताए ।
सबथोक ठिक नै थियो । उहाँले भने । श्रीमतीले राति ७ बजे सामान्य अवस्थामा छोरा जन्माएकी थइन । तर राति ९ बजेतिर चिकित्सकले शिशूलाई मृतक घोषणा गरको खबर पाएपछि हामीहरुले अस्पताल प्रशासनलाई जानकारी गराउदा उल्टै प्रशासनले हामीलाई हप्काएर पठाएको रामले गुनासो गरे ।
अस्पतालमा आईसियू लगायत सुविधा छैन भने हामीलाई अघि भन्नदिनु पथ्र्यो । श्रीमती अल्टासाउण्ड हुदाँ समेत डाक्टरले केही भनेन । बच्चा जन्मदा समेत सामान्य अवस्थामा थियो तर एक्कासी २ घण्टापछि डाक्टरले बच्चा मरेको खबर गरेको उनले दुखेसो पोखे ।
अस्पताल प्रशासनसंग न्यायका लागि माग गर्दा तिम्रो बुबाको अस्पताल छ भन्दै उल्टै हामीलाई थर्काएर बाहिर निकाल्ने खोजेको मृतक शिशूको आफन्तले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…