सिरहाः २४ हजारको रक्सीले २८ लाखको गाडी समेत पक्राउ
न्यूज ब्यूरो, सिरहा । सिरहाको प्रस्तावित सीमा सुरक्षा गुल्म माडर खैरटोकाका सशस्त्र प्रहरी बलले भारत लैजाँदै गरेको रक्सी पक्राउ गरेको हो । नेपालबाट भारत जाँदै गरेको बि. आर ३१ पी ७६५९ नम्बरको स्कोर्पियोबाट करिब २४ हजार मूल्य बराबरको रक्सी बरामद गरेको छ । मंगलबार राती करिव ८ बजेको समयमा खैरटोका भन्सारक

२०७९ चैत २२ बुधबार, बिहान १०:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको प्रस्तावित सीमा सुरक्षा गुल्म माडर खैरटोकाका सशस्त्र प्रहरी बलले भारत लैजाँदै गरेको रक्सी पक्राउ गरेको हो ।
नेपालबाट भारत जाँदै गरेको बि. आर ३१ पी ७६५९ नम्बरको स्कोर्पियोबाट करिब २४ हजार मूल्य बराबरको रक्सी बरामद गरेको छ ।
मंगलबार राती करिव ८ बजेको समयमा खैरटोका भन्सारको गेट भएर सिमाबर्ती नेपाल( भारतको सिमा भएर जयनगर जाने क्रममा उक्त स्कोर्पियो बाट करिब २४ हजार मुल्य बराबरको २० कार्टुन रक्सी भेटिए पछि सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको हो ।
रक्सी स्कोर्पियोको साईड गेट भित्र र गाडीको विभिन्न भागमा रक्सी ओसारपसारकै लागी बक्स बनाइएको बुझिएको छ ।
सशस्त्र प्रहरी बल माडरका डिएसपी पवन खडकाले कमान्ड सम्हाले लगत्तै एक हप्ता न बितिदै सफलता प्राप्त गरेको हो ।
स्कोर्पियो सहित रक्सी सिरहा भन्सार कार्यालय माडर खैरटोकामा बुझाइएको छ । स्कोरपियोको मूल्य २८ लाख मूल्याँकन गरिएपछि २८ लाख २४ हजारको समान भन्सार बुझाएको हो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…