अस्ट्रेलियाले पनि लगायो टिकटकमा प्रतिबन्ध, नेपालमा कहिले हुने बैन ?
टिकटोकमा अश्लिलता, अँग प्रदर्शन, अनलाईन ठगी, आत्महत्या, लव जिहाद जस्ता घटनाहरु मात्र हुन थालेपछि समाजिक सँजालमा चौतर्फी प्रतिबन्धको माग गरिएको छ । सँस्कृति, सँस्कार, समाजलाई ओभरटेक गरी टिकटोकमा छाडा गतिविधिहरु मात्र हुन थालेपछि टिकटोकमा प्रतिबन्धको माग उठेको हो । यद्यपी, सरकारले यसप्रति कुनै चासो भने लिएका छैनन् ।

२०७९ चैत २२ बुधबार, बिहान ८:४३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ। संघीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेसन’ प्रतिबन्ध लगाइएको हो।
देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा संघीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता मार्क ड्रेफसले बताएका हुन्। साथै उनले उक्त प्रतिबन्ध यथाशीघ्र कार्यान्वयन हुने बताएका हुन्।
यसअघि संयुक्त राज्य अमेरिका, क्यानडा, संयुक्त अधिराज्य र न्युजिल्यान्डले उक्त एप्लिकेसनमाथि प्रतिबन्ध लगाइसकेका छन्।
युरोपेली संसद्, युरोपेली आयोग र २७ सदस्यीय युरोपेली संघका तीन प्रमुख संस्थाले पनि आफ्ना कर्मचारीका उपकरणमा टिकटक निषेध गरेका छन्। ती संस्थाले कर्मचारीलाई आफ्ना मोबाइल फोनबाट टिकटक हटाउन आग्रह गरेको छ।
चिनियाँ प्राविधिक कम्पनी बाइटेन्सले आफ्नो स्वामित्वको टिकटकमा आबद्ध व्यक्तिका विवरण चीन सरकारलाई उपलब्ध नगर्ने जनाउँदै अमेरिकी प्रयोगकर्ताका विवरणलाई पनि चीनको पहुँचबाहिर राख्ने बताएको छ।
अन्य सामाजिक सञ्जाल कम्पनीभन्दा धेरै प्रयोगकर्ताको विवरण संकलन गरेको आरोपमा टिकटकको मातृ कम्पनी विवादमा पर्दै आएको छ। यद्यपि, उसले आफ्नो व्यवस्थापन स्वतन्त्र रहेको र टिकटकका विवरण सुरक्षित रहेको दाबी गर्दै आएको छ।
गोपनीयता र सुरक्षा चिन्ता जनाउँदै भारतले सन् २०२० मा टिकटक र ‘मेसेजिङ एप वी च्याट’लगायत दर्जनौँ चिनियाँ एपमा राष्ट्रव्यापी प्रतिबन्ध लगाएको थियो।
चीन र भारतबीचको सीमा क्षेत्रमा दुवै देशका सैनिक आमनेसामने भएपछि नयाँदिल्लीले उक्त निर्णय गरेको थियो । चिनियाँ र भारतीय सेनाबीचको भिडन्तमा २० जना भारतीय सैनिकले ज्यान गुमाएका थिए भने दर्जनौँ घाइते भएका थिए।
अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाएकामा चीनले त्यसको आलोचना गर्दै त्यसलाई राज्यशक्तिको दुरुपयोग भनेको छ। साथै उसले अन्य देशका कम्पनीलाई अमेरिकाले दबाइरहेको आरोप पनि लगाएको छ।
नेपालमा कहिले हुने बैन ?
भारतले टिकटोक बैन गरेपछि टिकटोकमा देखिनुपर्ने क्रियटीभिटीहरु कमै हेर्न पाईन्छ । अश्ल्लिता र अर्धनग्नतालाई प्रचार गर्ने टिकटक कम्पनीले गोप्य डाटाहरुमा समेत पहुँच बनाएको छ । बैँक खातादेखि अन्य खातासम्म पहुँच बनाएको टिकटोकले पुरै मोबाईल डिभाईको परमिसन एक्सेस गर्ने गरेको छ ।
टिकटोकमा अश्लिलता, अँग प्रदर्शन, अनलाईन ठगी, आत्महत्या, लव जिहाद जस्ता घटनाहरु मात्र हुन थालेपछि समाजिक सँजालमा चौतर्फी प्रतिबन्धको माग गरिएको छ । सँस्कृति, सँस्कार, समाजलाई ओभरटेक गरी टिकटोकमा छाडा गतिविधिहरु मात्र हुन थालेपछि टिकटोकमा प्रतिबन्धको माग उठेको हो । यद्यपी, सरकारले यसप्रति कुनै चासो भने लिएका छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…