यसरी सेक्सट्रयापमा परे पूर्वमन्त्री खान, अश्लिल हर्कतको स्क्रीन रेकर्ड
मन्त्री खान देखिएको भिडियोमा स्क्रीन रेकर्ड गरिरहेको प्रष्ट हेर्न सकिन्छ । अश्लिल हर्कत गरिरहेकी युवति विदेशी हुन र उनी त्यस बखत क्यामेरामा नभएर एक स्क्रीनमा चलिरहेको भिडियोलाई फोकस गरिएको देख्न सकिन्छ । भिडियो कलमा देखिएकी महिला लाईभ च्याटमा भए उनले मोबाईल कसरी समाते त ? वास्तवमा, त्यस बखत मोबाईल चलाउने पनि अर्कै व्यक्ति हुन र स्क्रीन रेकर्ड गर्दै गरेको एपको ओभरल्याप पनि हेर्न सकिन्छ ।

२०७९ चैत २२ बुधबार, बिहान ८:०५ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका नेता तथा पूर्व खानेपानी मन्त्री अब्दुल खान सेक्स ट्रयापमा परेका छन् । भारतीय गिरोहको सेक्स ट्रयापमा परेका खानको भिडियो यतिबेला सामाजिक सञ्जालको प्राइभेट ग्रुपमा भाइरल भएको छ ।
सुरुमा युवतीको तस्बिर र नाममा फेसबुकबाट प्रवेश गरेका भारतीय गिरोहले मन्त्री खानसँग केही दिन प्रोफेसनल कुराकानी गरेपछि एकाएक ह्वाट्सएपमा सम्पर्क गरी अश्लील हर्कत सुरु गरेका थिए । त्यसपछि पूर्वमन्त्री खानले पनि अश्लील हर्कत गरेको भिडियोमा देख्न सकिन्छ ।
ह्वाट्सएपमा भएको भिडियो कलको स्क्रिन रेकर्ड गरी भारतीय गिरोहले पूर्वमन्त्री खानसँग रकमको बार्गेनिङ गरेको बुझिएको छ । खानले रकम दिन इन्कार गरी फेसबुकमा जोडिएका गिरोहका सदस्यलाई ब्लक गरेपछि गिरोहका सदस्यले उक्त भिडियो खानका फेसबुकमा जोडिएका अन्य व्यक्तिहरूलाई पठाएका थिए । सोही भिडियो यतिबेला सामाजिक सञ्जालको प्राइभेट ग्रुपमा भाइरल बनेको छ ।
उक्त भिडियो के कसो भएको हो भन्ने रातोपाटीको प्रश्नमा पूर्व मन्त्री खानले सुरुमा फेसबुकमा साथी बनेर व्यवहारिक कुराकानी गरेकी ‘युवती’ले पछि ह्वाट्सएपमा भिडियो कल गरेर अश्लील भिडियो बनाएको स्वीकार गरे ।
पूर्वमन्त्री खानले भने, ‘मलाई भारतीय गिरोह नै हो भन्ने लाग्छ । मसँग रकमको बार्गेनिङ भने भएन । सुरुमा त्यस्तो अश्लील भिडियो थिएन, त्यो भिडियो जोडिएको हो जस्तो लाग्छ । जब पछि अश्लीलता देखाउन थालियो, त्यसपछि मैले भिडियो कल काटेर ब्लक गरेको हुँ ।’
यस सम्बन्धमा कहीँ कतै उजुरी गर्नुभएको छ कि छैन भन्ने प्रश्नमा पूर्वमन्त्री खानले भने, ‘म यतिबेला नेपालगञ्जमा छु । यस विषयमा मैले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिसकेको छु । केही व्यक्तिहरूलाई पक्राउ पनि गरिसकिएको छ ।’
पूर्वमन्त्री खानले उक्त भिडियो इडिट गरी तयार पारिएको र आफूले कुनै अश्लील हर्कत नगरेको समेत दाबी गरे । उनले भने, ‘अनुहार मेरो हो, तर त्यहाँ यौन अङ्ग देखाएर अश्लील बनाइएको छ, त्यो मेरो होइन । त्यस विषयमा सायद भारतमा पनि अनुसन्धान भइरहेको होला ।’
भारतीय र पाकिस्तानी गिरोहले सेक्स ट्रयापमा पारी ठगी र ब्ल्याकमेल गर्ने गरेको बारे विभिन्न सँचारमाध्यमहरुले समाचार प्रकाशित गरेको थियो ।
यसरी फँसे पूर्वमन्त्री खान
मोबाईलमा आउने विभिन्न अश्ल्लि विज्ञापन, आकर्षित गर्ने विज्ञापनहरुमा नसोचेरै क्लीक गर्दा वा ह्वाटसएप, मेसेन्जर, ईमोहरुमा आउने विभिन्न एक्टरर्नल लिँकहरुमा भूलवंश क्लीक गरेपछि प्रायः अकाउण्ट नै ह्याक हुने गरेको छ । तर, पूर्वमन्त्री खानलाई सम्पर्क मार्फत ब्लैकमेलिँग भएको बुझिएको छ ।
मन्त्री खान देखिएको भिडियोमा स्क्रीन रेकर्ड गरिरहेको प्रष्ट हेर्न सकिन्छ । अश्लिल हर्कत गरिरहेकी युवति विदेशी हुन र उनी त्यस बखत क्यामेरामा नभएर एक स्क्रीनमा चलिरहेको भिडियोलाई फोकस गरिएको देख्न सकिन्छ । भिडियो कलमा देखिएकी महिला लाईभ च्याटमा भए उनले मोबाईल कसरी समाते त ? वास्तवमा, त्यस बखत मोबाईल चलाउने पनि अर्कै व्यक्ति हुन र स्क्रीन रेकर्ड गर्दै गरेको एपको ओभरल्याप पनि हेर्न सकिन्छ ।
हनीट्रयाप गरी पूर्वमन्त्री खानलाई फँसाइएको देखिन्छ । ठुलो रकमको ब्लैकमेलिँग गर्न सक्ने भएपछि खानले उनीहरुलाई ब्लोक गरिदिएको छ । त्यसपछि सो गिरोहले सोही भिडियो यहाँ स्थानीय केही ग्रुपहरुमा ह्याक हानेर पोष्ट गरिदिएको छ ।
समाजिक सँजालमा राख्दा ब्लोकः
पूर्वमन्त्री खानको ती भिडियोको स्क्रीनसट राख्दा नै फेसबुकले ब्लोक गर्न थालेका छन् । आपत्तिजनक तस्विर राख्न नहुने भन्दै तस्ता तस्विर पोष्ट गर्नेहरुको फेसबुक अकाउण्ट डिजेबल वा ब्लोक हुन थालेको छ । फेसबुकमा ती तस्विर राख्नेहरु आकस्मिक फोटो डिलिट गरेर खाता सुरक्षित गर्न थालिएको हो ।
रातोपाटी अनलाइनको सहयोगमा पूर्वमन्त्री खान भारतीय गिरोहको ‘सेक्स ट्रयाप’मा | News from Nepal - Ratopati

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…