मोदीको जानकी पूजा सम्पन्न, भजनमा "झाल" बजाए मोदी !
न्यूज ब्यूरो | जनकपुरधाम, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले भर्खरै जानकी पूजा सम्पन्न गरेका छन् । मिथिलाको विधिविधान अनुसार प्रम मोदी जानकीको विशेष पूजा गरेका छन् । जानकी मन्दिरका वडा महन्थ राम तपेश्वर दास एवम् छोटा महन्थ सहितले मोदीलाई विशेष पूजा गराएका छन् । ५ तहको कडा सुरक्षाबीच

२०७५ बैशाख २८ शुक्रबार, बिहान ११:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले भर्खरै जानकी पूजा सम्पन्न गरेका छन् ।
मिथिलाको विधिविधान अनुसार प्रम मोदी जानकीको विशेष पूजा गरेका छन् ।
जानकी मन्दिरका वडा महन्थ राम तपेश्वर दास एवम् छोटा महन्थ सहितले मोदीलाई विशेष पूजा गराएका छन् ।
५ तहको कडा सुरक्षाबीच मोदीलाई जानकी पूजन गराइएको छ भने मन्दिरका अन्य पूजारीहरुलाई समेत भित्र छिर्न दिएका छैनन् ।
पूजन सम्पन्न गरी बाहिर निस्केका मोदी मन्दिरको परिक्रमा गरिरहेका छन् ।
परिक्रमा गर्दै अखण्ड आरती भजन भईरहेको स्थानमा भजनकीर्तनमा समेत सहभागी हुँदै झाल समेत बजाएका थिए ।
परिक्रमा सम्पन्न भएलगत्तै बाह्रविघा रँगभूमि मैदानका लागि रबाना हुने र नागरिक अभिनन्दन कार्यक्रममा जनकपुरवासीलाई सम्बोधन गर्नेछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…