पत्रकार हुँ भन्दै अनैतिक कार्य गर्ने एक युवक सप्तरीबाट पक्राउ
सिंहसहित उनका भाई र अन्य तीन जना उपर ज्यान मार्ने उद्योग कसुर गरेको आरोपमा जिल्ला न्यायाधिवक्ताको कार्यालयले मुद्दा चलाउन प्रहरीलाई पत्राचार गरेपछि सिंह पक्राउ परेका छ्न।

२०७९ चैत १३ सोमबार, बिहान ९:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज। पछिल्लो पत्रकारिताको आडमा अनैतिक कार्य गर्दै आएका एक अनलाइन टिभिका रिपोर्टर बिक्की भन्ने प्रहलाद कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ। उनले ज्यान मार्ने उद्योग कसुर गरेको आरोपमा आइतबार प्रहरीले पक्राउ गरेको हो।
पत्रकारिताको आडमा अनैतिक कार्यहरु गर्दै आएकोले पछिल्लो समय उनी निकै आलोचित हुँदै गएको थियो ।आरोपितहरु उपर लागेको मुद्दा मिलाई दिने भनेर पैसा माग्ने,होटेलमा खाएको पैसा तिर्न नमान्ने, रिपोर्टिङको नाममा बार्गेनिङ गर्ने कार्यहरु गर्दै आएको आरोप जनमानसमा रहेको पाइएको छ।
राजविराजको रुपनी रोडमा सञ्चालनमा रहेको नेपाल होटेलका सञ्चालक कृष्ण यादवलाई पटक–पटक धम्काउने र होटेलमा खाएर पैसा तिर्न नमान्ने जस्ता अनैतिक कार्य गरेको गम्भीर आरोप यादवले लगाएको थियो ।
त्यस्तै, पब्लिक खबर२४ का रिपोर्ट आदित्य अजयलाई फोन मार्फ ज्यान मार्ने धाक धम्की दिने सिंहको अडियो क्लिप बाहिर आएको थियो । उनले पत्रकार आदित्यलाई सप्तरी विभिन्न बाहाना मा फँसाउने षड्यन्त्र गरीरहेको आरोप लगाइएको छ ।
सिंहसहित उनका भाई र अन्य तीन जना उपर ज्यान मार्ने उद्योग कसुर गरेको आरोपमा जिल्ला न्यायाधिवक्ताको कार्यालयले मुद्दा चलाउन प्रहरीलाई पत्राचार गरेपछि सिंह पक्राउ परेका छ्न।
सिंहका भाई बिकास सिंह,त्यस्तै मदन कुमार सिंह,प्रींस साह समेतले उक्त कसुर गरेको पत्रमा उल्लेख गरिएको छ।
पीडितले जिल्ला प्रहरी कार्यालय राजविराजमा जाहेरी दिँदा प्रहरीले दर्ता गर्न नमानेको अवस्थामा जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई मुद्दा दर्तावाल गर्न पत्राचार गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…