चोरीको गीत र सस्ता टिकटोकियाको चक्करमा 'मिनिरल वाटर' सँगै डुबे गायक सुनिल पण्डित
न्यूज ब्यूरो, जनकपुरधाम । चर्चित गायक सुनिल पण्डितले चोरीको गीत गाएपछि युटुबबाट हटाइएको छ । सस्ता टिकटोकियाहरुको चक्करमा परेका चर्चित गायक सुनिल पण्डितको 'मिनिरल वाटर' गीत युटुबबाट हटाइएको छ । Original Video Link : https://www.youtube.com/watch?v=yOmkrCuhDb4 अतुल्ला खानले कापिराइट हानेपछि पण्डितको “

२०७९ चैत १० शुक्रबार, बिहान ८:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । चर्चित गायक सुनिल पण्डितले चोरीको गीत गाएपछि युटुबबाट हटाइएको छ । सस्ता टिकटोकियाहरुको चक्करमा परेका चर्चित गायक सुनिल पण्डितको 'मिनिरल वाटर' गीत युटुबबाट हटाइएको छ ।
Original Video Link : https://www.youtube.com/watch?v=yOmkrCuhDb4
अतुल्ला खानले कापिराइट हानेपछि पण्डितको “मिनिरल वाटर” बोलको भिडियो डिलिट गरिएको छ । सस्ता टिकाटोकियाहरुलाई नचाइएको सो भिडियो गीत ५ दिनमै डिलिट गरिएको हो ।
प्रायः म्यूजिक चोरी गरी गीत गाउने गायक सुनिल पण्डितलाई यसपाली टिकटोकियाहरुले गीतको साथै प्रतिष्ठा पनि डुबाइदिएको छ । टिकटोकमा अनलाईन भिखारी भनिने शून्य ट्यालेन्ट भएका टिकटोकियाहरुलाई नचाएको हो । सो गीतको म्यूजिक चोरीको भएको बताउँदै अतुल्ला खान नामक म्यूजिसियनले कापिराइट क्लेम गरेपछि भिडियो डिलिट भएको हो ।
म्यूजिक चोरी गरी गाएको गीत केही दिनमै युटुबबाट डिलिट भएपछि गायक सुनिल पण्डित अहिले तनावमा छन् । उनी भोजपुरी भाषाका लागि तराई मधेशका चर्चित गायकको रुपमा चिनिन्छन् । भिडियो र गीत चल्ने लोभमा टिकटोकिया नचाएपछि उनलाई मिनिरल वाटर नै डुबाईदिएको हो ।
.jpg)
अधिकारिक च्यानलबाट रिलिज गरिएको सो भिडियो डिलिट गरिदिएको तथ्य गायक सुनिल पण्डितले पनि पुष्टि गरेका छन् । यद्यपी, अन्य च्यानलहरुबाट कापी गरी भिडियोहरु राखिएको छ । केही भिडियोहरु अझै युटुबमा राखिएको छ जुन अर्को जनाहरुले पोष्ट गरेको छ । अरिजनल भिडियो डिलिट गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…