कमला नदीमा बनाइएको अस्थायी कलभर्ट रातभरिमै बगाईयो
सार्वजनिक कमला नदी कब्जा गरी बनाइएको अस्थायी काठको पूलमा ओहोर दोहोर गर्न ३० रुपैयाँ लिने गरेको छ । एक दिनको कमाई करिब २५ हजार रुपैयाँसम्म हुँदै आएकोले सोही निहुँमा कलभर्ट बगाइदिएको हुन सक्ने शंका गरिएको छ ।

२०७९ चैत ७ मंगलबार, बिहान ९:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा र सिरहा जिल्ला जोडने कमला नदीमा ठेकेदारले बनाएको अस्थायी कलभर्ट एक रातमै बगेको पाइएको छ ।
कमला पूलभन्दा दक्षिणतर्फ सोमबार मात्र निर्माण गरिएको अस्थायी कलभर्ट मँगलबार बिहान बगेको पाईएको छ । फराकिलो मुख भएको कलभर्ट भएपनि कमला नदीको पानीले बगाएको बताइएको छ ।
अस्थायी कलभर्टमा अहिले बग्ने पानीको बहाबभन्दा ४० गुणा अधिक क्षमता भएपनि कलभर्ट बगेको पाइएपछि शंका उत्पन्नन भएको छ ।
अस्थायी कलभर्टको केही दुरीमा एक स्थानीयले बनाएको नीजि पूलबाटै आवतजावत होस भन्ने उदेश्यले पनि कलभर्ट योजना तहत बगाईदिएको शंका गरिएको छ ।
सार्वजनिक कमला नदी कब्जा गरी बनाइएको अस्थायी काठको पूलमा ओहोर दोहोर गर्न ३० रुपैयाँ लिने गरेको छ । एक दिनको कमाई करिब २५ हजार रुपैयाँसम्म हुँदै आएकोले सोही निहुँमा कलभर्ट बगाइदिएको हुन सक्ने शंका गरिएको छ ।
यद्यपी, कलभर्ट कसरी बग्यो भनेर अहिले खुलेको छैनन् । कलभर्टको पानी क्रस हुने क्षमता अधिक रहेको छ । पानीको बहाबभन्दा क्षमता अधिक रहेपनि कलभर्ट कसरी बग्यो भने शंका उत्पन्न भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…