कमला नदीमा बनाइएको अस्थायी कलभर्ट रातभरिमै बगाईयो 

२०७९ चैत ७ मंगलबार
बिहान ०९:४१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा र सिरहा जिल्ला जोडने कमला नदीमा ठेकेदारले बनाएको अस्थायी कलभर्ट एक रातमै बगेको पाइएको छ । 

कमला पूलभन्दा दक्षिणतर्फ सोमबार मात्र निर्माण गरिएको अस्थायी कलभर्ट मँगलबार बिहान बगेको पाईएको छ । फराकिलो मुख भएको कलभर्ट भएपनि कमला नदीको पानीले बगाएको बताइएको छ । 

अस्थायी कलभर्टमा अहिले बग्ने पानीको बहाबभन्दा ४० गुणा अधिक क्षमता भएपनि कलभर्ट बगेको पाइएपछि शंका उत्पन्नन भएको छ । 

अस्थायी कलभर्टको केही दुरीमा एक स्थानीयले बनाएको नीजि पूलबाटै आवतजावत होस भन्ने उदेश्यले पनि कलभर्ट योजना तहत बगाईदिएको शंका गरिएको छ । 

सार्वजनिक कमला नदी कब्जा गरी बनाइएको अस्थायी काठको पूलमा ओहोर दोहोर गर्न ३० रुपैयाँ लिने गरेको छ । एक दिनको कमाई करिब २५ हजार रुपैयाँसम्म हुँदै आएकोले सोही निहुँमा कलभर्ट बगाइदिएको हुन सक्ने शंका गरिएको छ । 

यद्यपी, कलभर्ट कसरी बग्यो भनेर अहिले खुलेको छैनन् । कलभर्टको पानी क्रस हुने क्षमता अधिक रहेको छ । पानीको बहाबभन्दा क्षमता अधिक रहेपनि कलभर्ट कसरी बग्यो भने शंका उत्पन्न भएको छ । 

  • 0%
  • 50%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०७९ चैत ७ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus