मोदी भ्रमण जनकपुर : ठाउँ ठाउँमा सिसिटिभी क्यामेरा जडान
विनय कुमार यादव | जनकपुरधाम, २७ बैशाख । भोली बैशाख २८ गते हुन लागेको मोदीको जनकपुर भ्रमणमा सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै जनकपुरको ठाउँ ठाउँमा सिसिटिभीले निगरानी गर्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुर भ्रमणको लागि ५ तहको सुरक्षा व्यवस्था मिलाइएको छ भने ठाउँ ठाउँमा भारतीय ब

२०७५ बैशाख २७ बिहीबार, राति ९:११ बजे१ मिनेट पढाइ

विनय कुमार यादव |
जनकपुरधाम, २७ बैशाख । भोली बैशाख २८ गते हुन लागेको मोदीको जनकपुर भ्रमणमा सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै जनकपुरको ठाउँ ठाउँमा सिसिटिभीले निगरानी गर्ने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुर भ्रमणको लागि ५ तहको सुरक्षा व्यवस्था मिलाइएको छ भने ठाउँ ठाउँमा भारतीय बल्याक क्याट कमाण्डो समेत तैनाथ गरिएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सिभिलमा समेत मोदीलाई सुरक्षा प्रदान गरिनेछ भने विमानस्थलदेखि जानकी मन्दिर र बाह्रविघा मैदानमा थप निगरानीको लागि सिसिटीभि क्यामेरा जडान गरिएको हो ।
सुक्ष्म गतिविधिलाई समेत सिसिटिभी क्यामेरा जडान गरिएको बुझिएको छ ।
भोली शुक्रवार विहान १० बजेर १५ मिनेटमा मोदी जनकपुर विमानस्थलमा ओर्लने कार्यक्रम छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…