धनुषाः महेन्द्रनगरको फर्निचरमा आगलगी हुँदा ५५ लाख बढीको क्षति
क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ सखुवा रोडमा महेश शर्मा संचालन गर्दै आएको न्यू कृष्णा फर्निचर शोरुममा आगलागी भएको हो । आगलागीबाट उद्योगमा रहेको घरटहरा, फर्निचरका सामान पुर्णरुपमा जलेको छ ।

२०७९ फागुन २५ बिहीबार, बिहान ८:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा गएराती एक फर्निचर उद्योगमा आगलगी हुँदा करिब ५५ लाख मूल्य बराबरको क्षति भएको छ ।
धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर सखुवा रोडमा रहेको फर्निचर उद्योगमा आगलागी हुँदा करिब ५५ लाखको क्षति भएको हो ।
क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ सखुवा रोडमा महेश शर्मा संचालन गर्दै आएको न्यू कृष्णा फर्निचर शोरुममा आगलागी भएको हो । आगलागीबाट उद्योगमा रहेको घरटहरा, फर्निचरका सामान पुर्णरुपमा जलेको छ ।
आगोलाई मिथिला नगरपालिकाको वारुणयन्त्र, श्री श्रीनाथ गणका नेपाली सेना, नेपाल प्रहरी र स्थानियवासीहरुको सहयोगमा आगो निभाइएको छ । आगो बुधवार राति करिब ९ बजे लागेको एक स्थानियले बताए ।
आगलगीबाट टिनको छानो भएको घरटहरा, काठबाट बनेको पलङ, सोफा, टेबल, रङका डिब्बा, प्लाइउड, बोर्ड सबै जलेर नष्ट भएको छ । आगलागी के बाट भएको खुल्न सकेको छैनन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…