धनुषाः महेन्द्रनगरको फर्निचरमा आगलगी हुँदा ५५ लाख बढीको क्षति 

२०७९ फाल्गुण २५ बिहीबार
बिहान ०८:१२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा गएराती एक फर्निचर उद्योगमा आगलगी हुँदा करिब ५५ लाख मूल्य बराबरको क्षति भएको छ । 

धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर सखुवा रोडमा रहेको फर्निचर उद्योगमा आगलागी हुँदा करिब ५५ लाखको क्षति भएको हो ।

 क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ सखुवा रोडमा महेश शर्मा संचालन गर्दै आएको न्यू कृष्णा फर्निचर शोरुममा आगलागी भएको हो । आगलागीबाट उद्योगमा रहेको घरटहरा, फर्निचरका सामान पुर्णरुपमा जलेको छ ।

 आगोलाई मिथिला नगरपालिकाको वारुणयन्त्र, श्री श्रीनाथ गणका नेपाली सेना, नेपाल प्रहरी र स्थानियवासीहरुको सहयोगमा आगो निभाइएको छ । आगो बुधवार राति करिब ९ बजे लागेको एक स्थानियले बताए । 

आगलगीबाट टिनको छानो भएको घरटहरा, काठबाट बनेको पलङ, सोफा, टेबल, रङका डिब्बा, प्लाइउड, बोर्ड सबै जलेर नष्ट भएको छ । आगलागी के बाट भएको खुल्न सकेको छैनन ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

मधेशका किसानहरुलाई कृषि मन्त्री कुशवाहाको उपहार, अब सबै वडा–वडामा मल उद्योग सँचालन हुँदै

  • २०७९ फाल्गुण २५ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका कृषि मन्त्री ई. बसन्त कुशवाहाले अर्को छलाँग लगाएका छन् । किसानहरुको लागि कृषि मन्त्री कुशवाहाले प्रत्येक वडामै मल उद्योग सँचालनको व्यवस्था गर्ने गरी योजना

पूरा पढ्नुहोस्

Bureau Menus