डिजेको आवाजले लियो दुल्हाको ज्यान, स्वयँवरकै बेला दुल्हाको मृत्यू
बेहुला परिहार प्रखण्डको धनहा पँचायतको मनिथर गाउँबाट विहे गर्न गएका थिए । उनको आमाबुवाको समेत मृत्यू भईकेको र भाईमा उनी कान्छो थिए । मृतक बेहुलाको नाम सुरेन्द्र कुमार बताईएको छ ।

२०७९ फागुन १९ शुक्रबार, दिउँसो ४:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डिजेको चर्को आवाजले विवाह गर्न गएका एक बेहुला (दुल्हा)को ज्यान लिएको छ । डिजेमा बजेको चर्को साउण्डले बेहुलाको ज्यान लिएको हो ।
यो घटना नेपाल–भारत सीमासँगै रहेको भारत बिहारको सीतामढी जिल्लाको सोनबरसा प्रखण्डको हो । सो प्रखण्डको इंदरवा नामक गाउँमा वरमाला (स्वयँवर) भईरहेकै बेला बेहुलाको ज्यान गएको हो ।
प्रहरीको अनुसार, डिजेको चर्को साउण्डले बेहुलालाई हृदयघात भई ज्यान गएको हो । उनको मालाफेर भईरहेकै अवस्थामा चर्को साउण्डले बजाएको डिजेको कारण मृत्यू भएको हो ।
घटनापछि दुवै परिवारमा अहिले शोक छाएको छ । सोनबरसा क्षेत्रको इंदरवा गाउँमा स्वयँवरको बेला महिलाहरुले गीत गाईरहेकी थिईन् । डिजे पनि चर्को साउण्डमा बजिरहेको थियो त्यतिकैमा दुल्हा स्वयँवरमै ढलेका थिए ।
तस्विर लिनेहरु तस्विर लिरहेका थिए, विवाहको उत्सव चलिरहेको थियो । सोही अवस्थामा बेहुला बेहोस भएर खसेपछि उनलाई नजिकको क्लीनिकमा लगिएको थियो । त्यहाँ डाक्टरले उनलाई मृत घोषित गरेको थियो ।
बेहुला परिहार प्रखण्डको धनहा पँचायतको मनिथर गाउँबाट विहे गर्न गएका थिए । उनको आमाबुवाको समेत मृत्यू भईकेको र भाईमा उनी कान्छो थिए । मृतक बेहुलाको नाम सुरेन्द्र कुमार बताईएको छ ।
जन्ती (बाराती) ले डिजेमा डान्स गर्दा उनले डिजेलाई दुरी बनाउन बाम्बार आग्रह गरेका थिए । दुल्हा सुरेन्द्रले डिजेको आवाज कम गर्नको लागि डिजेबालालाई पटक पटक आग्रह गरेका थिए । तर, जन्ती (बाराती) हरुसहित डिजेबालाले साउण्ड कम गरेनन् ।
बुधबार राती बिहेको लागि गएका सुरेन्द्रलाई डिजेबालाले नटेरेपछि उनको मृत्यू भएको हो । अहिले डिजे, डिजेका सँचालक सबै प्रहरीको नियन्त्रणमा रहेको छ । सुरेन्द्रलाई उनकै गाउँमा बिहिबार अन्तिम सँस्कार गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…