पढाई लेखाई जिरो, कर्जा उठाएर 'नेतगिरी' मा तल्लिन जनकपुरका विद्यार्थीहरु
शुक्रबार रा.रा.ब. मा दल दर्ताको लागि सँसदीय चुनाव झैँ तामझामको साथ गएका हुन् । शिक्षा क्षेत्रलाई स्वतन्त्र र शान्ती वातावरण क्षेत्र घोषणा गरिएपनि जनकपुरसहित अन्य कलेजहरुमा समेत स्वीयू चुनावले यहाँको शैक्षिक स्तर र प्रणालीलाई चुनौति दिँदै आएको छ

२०७९ फागुन १९ शुक्रबार, दिउँसो ३:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आउँदो चैत्त ५ गते हुन लागेको स्वीयू चुनावको लागि विभिन्न राजनीतिक दलसँग आवद्ध विद्यार्थीहरुले पढाईभन्दा पनि नेतागिरी (नेतगिरी) मात्र तल्लिन देखिएका छन् ।
विभिन्न राजनीतिक दलका कार्यकर्ता भई विद्यार्थी संगठनमा आवद्ध विद्यार्थीहरुले पढाई लेखाईमा शून्यता देखाएपनि राजनीति र नेतगिरीमा तल्लिन देखिएका छन् ।
५ गते हुने भनिएको विद्यार्थीहरु स्वीयू चुनावको लागि एक महिनौ अगाडीदेखि नै विद्यार्थीहरु पढाई लेखाई छाडेर सँगठन बनाउन मात्र लागेको देखिएका छन् । कलिला उमेरका विद्यार्थीहरुलाई लोभजालमा पारी सिनियरहरुले उनीहरुलाई समेत संगठनसँग आवद्धताको लागि चाप दिने गरेको आरोप लगाइएको छ ।
विभिन्न स्कूल कलेजमा पढने विद्यार्थीहरुले रा.रा.ब. क्याम्पसमा गएर राजनीति सुरु गरेका छन् । भोँटको लागि नामको लागि भएपनि एडमिसन गराउने, एडमिसनको रकम तिरिदिने गरिएको छ । यद्यपी, यो मात्र अस्थायी केही दिनको लागि मात्र गरिएको पाइएको छ ।
घरबाट अध्ययन अध्यापनको लागि शहरसम्म पसेका कलिला विद्यार्थीहरुलाई राजनीतिको सिलौटोमुनी च्यापिन बाध्य विद्यार्थीहरुलाई बनाइएको आरोप लगाईएको छ ।
शुक्रबार रा.रा.ब. मा दल दर्ताको लागि सँसदीय चुनाव झैँ तामझामको साथ गएका हुन् । शिक्षा क्षेत्रलाई स्वतन्त्र र शान्ती वातावरण क्षेत्र घोषणा गरिएपनि जनकपुरसहित अन्य कलेजहरुमा समेत स्वीयू चुनावले यहाँको शैक्षिक स्तर र प्रणालीलाई चुनौति दिँदै आएको छ ।
विद्यार्थीहरुको हकहितको लागि चुनिने विद्यार्थी नेताहरुले विद्यार्थीहरुलाई आई परेको बेला आन्दोलनको लागि काम लाग्ने गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…