नेपाल उद्योग वाणिज्य संघ मधेश प्रदेशको जिल्ला नगर उपाध्यक्षमा महासेठ निर्विरोध निर्वाचित
जीतेन्द्र महासेठ जनकपुरधामका एक कुशल व्यावसायी समेत हुन् । जनकपुरधामको व्यापार जगतमा महासेठ एक युथ आईकनको रुपमा चिनिएका छन् । उनलाई विभिन्न माध्यमबाट उनका शुभचिन्तकहरुले बधाई दिएका हुन् ।

२०७९ फागुन १८ बिहीबार, राति ९:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष एवम कुशल व्यावसायी जीतेन्द्र महासेठ नेपाल उद्योग वाणिज्य संघ महासंघको जिल्ला नगर उपाध्यक्षमा निर्वाचित भएका छन् ।
विहिबार सम्पन्न महासंघको अधिवेशनबाट मधेश प्रदेशको लागि जिल्ला नगर कमिटि उपाध्यक्षमा महासेठ निर्विरोध निर्वाचित भएका छन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका महासेठलाई व्यापारी व्यवस्थापनको कुशल कार्य सम्पादनको लागि निर्विरोध निर्वाचित गरेको बताइएको छ ।
जीतेन्द्र महासेठ जनकपुरधामका एक कुशल व्यावसायी समेत हुन् । जनकपुरधामको व्यापार जगतमा महासेठ एक युथ आईकनको रुपमा चिनिएका छन् । उनलाई विभिन्न माध्यमबाट उनका शुभचिन्तकहरुले बधाई दिएका हुन् ।
यस्तै, महासंघको मधेश प्रदेशको लागि एशोसिएट उपाध्यक्षमा जनकपुरका व्यावसायी राजेश अग्रवाल समेत निर्विरोध चयन भएका हुन् ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…