मौलापुर महोत्सवको नाममा सरकारी बजेटको लुट, आईडी कार्ड र प्रशँसा पत्रमै ४ लाख गरी ६२ लाख खर्च 

२०७९ फाल्गुण १६ मंगलबार
बिहान ०९:५७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, रौतहट । रौतहटको मौलापुर नगरपालिकाले मधानी महोत्सव २०७९ को नाममा ६२ लाख रुपैयाँ खर्च गरेका छन् । 

पौतौरा महादेव मंदिरको प्रचार प्रसार गराउने उद्देश्यले २०७६ साल देखि मौलापुर नगरपालिकाले आयोजना गर्दै आएका महोत्सवमा यसपटक ६२ लाख रकम सिध्याएका छन् । 

नगरपालिकाले कहिले भारतीय कलाकार दिनेशलाल यादव निरहुआ,अक्षरा सिंह,खेसारीलाल यादव,आम्रपाली दुबे र कहिले पवन सिंह काजलाई राघवानीलाई नचाएर बढ़ी रकम खर्च गर्दै आएका छन् । 

आर्थिक अवस्था कमजोर हुदै गएको अवस्थामा नेपाल सरकारको अर्थ मन्त्रालयले स्थानीय तहलाई २० प्रतिशत खर्च कटौती गर्न निर्देशन दिएपनि मौलापुर नगरपालिकाले त्यसको विपरीत खर्च गरेका छन् ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबू साहले यस वर्ष सार्वजानिक गरेको खर्च विवरण अनुसार मधानी महोत्सवको लागि मंच तथा स्वागतद्वार निर्माण जगदीश साउण्ड तथा टेन्ट सेवा वीरगञ्ज ४ लाख, काश्मीरी टेन्ट हाउस घेराबरलाई १० लाख , देशी विदेशी कलाकारहरुको पारिश्रमिक ,यातायात ,होटल बॉस खर्च २५ लाख रुपैयाँ गरेका छन् । 

२५ लाखमा भारतीय भोजपुरी कलाकार पवन सिंहको टोली , गायिका इन्दु सोनालीको टोली , अभिनेत्री काजल राघवानी ,गायिका एंजिला रेग्मी , निर्देशक अर्जुन बीसीको टोली र स्थानीय कलाकार हरुको खर्च देखाइएको उल्लेख गरिएको छ ।

 मूर्ति निर्माणमा कालीगढ़को पारिश्रमिक,मूर्ति निर्माण , सामग्री , मूर्तिको पोशाक आभूषण ,टहरा निर्माण समेतमा ५ लाख ५० हजार रुपैयाँ खर्च गरिएको छ ।

अतिथिको लागि खाना तथा बास व्यवस्थापन सुनीलद्वारा पतौरामाँ संचालित मेश ,पार्क होटल मौलापुर , इच्छा होटल सिमरा , गौतम होटल चन्द्रनिगाहपुर कटहरियामाँ संचालित मेश तथा बासमा ३ लाख रकम खर्च गरिएको सार्वजानिक गरिएको खर्च विवरणमा उल्लेख छ । 

अन्तर्राष्ट्रिय पहलवान देवा थापालगायत नेपाल भारतका महिला तथा पुरुष पहलवानहरुको दंगल प्रतियोगितामा २ लाख रुपैयाँ, सम्मान पत्र , कदर पत्र , प्रशंसा पत्र , स्वयं सेवक टोपी , मायाको चिनो , आयोजक पास ,मंच पास , कार्ड होल्डर र डोरीसमेतमा ४ लाख रुपैयाँ खर्च भएको जनाइएको छ ।

 नेपाल टीवी , कस्टमण्डप टीबी सहितको टेलिभिजनबाट प्रत्यक्ष प्रसारण , ड्रोन कैमरा ,क्रेन कैमराको भाड़ा ,सामाजिक सञ्जालबाट बुस्ट ,एफ एम् तथा माइकिंग बाट प्रचार प्रसार गरे बापत २ लाख ५० हजार , पूजा अनुष्ठान कलश यात्रा पूजा सामग्री , पंडितहरुको आवरण तथा दक्षिणा र कलश यात्रासमेतमा २ लाख रुपैयाँ खर्च गरिएको छ । 

भी आई पि को प्लेन टिकट , माला , गमछा , अबिर , मन्दिर परिसर ,सड़क पोल तथा रुख रंग रोगनको खर्च ३ लाख र मन्दिर सजावट ,सरसफाइ, मधानी तथा शिव महिमा सम्बन्धी गीत एडीओ भिडिओ निर्माण ,सुरक्षा व्यवस्थापनमा ५ लाख गरी ६२ लाख रुपैयाँ खर्च भएको निमित्त प्रमुख प्रसाशकीय अधिकृत साहद्वारा जारी गरिएको खर्च विवरणमा उल्लेख रहेको छ ।

फाल्गुन ५ गते देखि सुरू हुने मधानी महोत्सवमा राज्यको रकम दोहन हुने तथा भोजपुरी अश्लील गीत ,नृत्य प्रस्तुत हुने भएकोले रोक्का हुनुपर्ने माग गर्दै पूर्व प्रतिनिधि सभा सदस्य दिल कुमारी साहले सर्वोच्च अदालतमा गरेको रिट निवेदनमा आर्थिक पारदर्शिता कायम गर्नुपर्ने दिएको आदेशको डरले नगरपालिकाले मधानी महोत्सवको खर्च विवरण सार्वजानिक गरेको टिपण्णी स्थानीयले गरेका छन् । 

५१ करोड़ भन्दा बढ़ी रकम बेरुजू रहेको मौलापुर नगरपालिकाले पहिलो ,दोस्रो र तेस्रो वर्ष २०७६,२०७७,र २०७८ मा भएको मधानी महोत्सवको खर्च विवरण अहिलेसम्म सार्वजानिक गरेका छैनन् ।

 नेपाल सरकारले स्थानीय तहमा उप सचिवको दरवन्दी कायम गरिए पनि सो नगरपालिका निमित्तको भरमा अहिलेसम्म सञ्चालन हुँदै आएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः बरिष्ठ प्रहरी हलब्दार पाण्डे तस्कर सुरेश साहको घरसम्म पुरयाउँछन लाखौँको अवैद्य समान 

  • २०७९ फाल्गुण १६ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । सीमा तस्करीलाई नियमन गर्ने निकायकै प्रहरीले तस्कारको गोदामसम्म अवैद्य समान पुरयाउने गरेको भन्दा पत्यार नलाग्ला तर धनुषाका एक प्रहरी हबल्दारले तस्करको घरसम्म समान पुरयाउने जिम्मा उठाएका

पूरा पढ्नुहोस्

Bureau Menus