मधेशी समुदायसँग होली मनाउन दुबई जाँदै डा. सिके राउतसहित जनमतका नेताहरु 

२०७९ फाल्गुण १४ आइतबार
दिउसो १:०९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशी समुदायले विदेशमा आयोजना गर्न लागेको होली महोत्सवमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसहित जनमतका नेताहरु दुबई जान लागेका छन् । 

आगामी मार्च ५ तारिखको हुन लागेको होली धमाकामा सहभागि हुनको लागि डा. राउतसहित मधेश प्रदेशका कृषिमन्त्री ई. बसन्त कुशवाहा र जनमतका प्रत्यासी उम्मेदवार ई. शम्भुनाथ साहसमेत जान लागेका हुन् ।

गैर आवासीय मधेशी संघ यूएई दुबईले आयोजना गरेको होली धमाका कार्यक्रममा जनमतका तीनै नेताहरु दुवई जान लागेका हुन् । गैर आवासीय मधेशी सँघका सँस्थापक समेत रहेका डा. राउतले वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका मधेशी समुदायका युवाहरुसँग विकास सम्बन्धी संवाद समेत गर्ने बुझिएको छ । 

डा. राउत प्रमुख अतिथिको रुपमा सहभागी हुनेछ भने मन्त्री कुशवाहा विशिष्ट अतिथि तथा शम्भुनाथ साह अतिथिको रुपमा सहभागीता जनाउनेछ । 

दुबईस्थित रहेको अस्टोरिया होटेल याक यति क्लबमा कार्यक्रमको आयोजना गरिएको गैर आवासीय मधेशी सँघ युएई दुबईका उपाध्यक्ष सँतोष ठाकुरले जानकारी दिए । 

  • 14%
  • 7%
  • 7%
  • 14%
  • 7%
  • 14%

राजस्व हिनामिनामा एघार जना भ्रष्टाचारी ठहर

  • २०७९ फाल्गुण १४ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । विशेष अदालतले यातायात कार्यालय कोशीका तत्कालीन ११ कर्मचारीलाई राजस्व हिनामिनामा दोषी ठहर गरेको छ । सङ्कलित राजस्व रकम पूरा बैङ्कमा दाखिला नगरी हिनामिना गरेको अभियोगमा विशेषले चार उपसचिव,

पूरा पढ्नुहोस्

Bureau Menus