मधेशी समुदायसँग होली मनाउन दुबई जाँदै डा. सिके राउतसहित जनमतका नेताहरु
गैर आवासीय मधेशी संघ यूएई दुबईले आयोजना गरेको होली धमाका कार्यक्रममा जनमतका तीनै नेताहरु दुवई जान लागेका हुन् । गैर आवासीय मधेशी सँघका सँस्थापक समेत रहेका डा. राउतले वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका मधेशी समुदायका युवाहरुसँग विकास सम्बन्धी संवाद समेत गर्ने बुझिएको छ ।

२०७९ फागुन १४ आइतबार, दिउँसो १:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशी समुदायले विदेशमा आयोजना गर्न लागेको होली महोत्सवमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसहित जनमतका नेताहरु दुबई जान लागेका छन् ।
आगामी मार्च ५ तारिखको हुन लागेको होली धमाकामा सहभागि हुनको लागि डा. राउतसहित मधेश प्रदेशका कृषिमन्त्री ई. बसन्त कुशवाहा र जनमतका प्रत्यासी उम्मेदवार ई. शम्भुनाथ साहसमेत जान लागेका हुन् ।
गैर आवासीय मधेशी संघ यूएई दुबईले आयोजना गरेको होली धमाका कार्यक्रममा जनमतका तीनै नेताहरु दुवई जान लागेका हुन् । गैर आवासीय मधेशी सँघका सँस्थापक समेत रहेका डा. राउतले वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका मधेशी समुदायका युवाहरुसँग विकास सम्बन्धी संवाद समेत गर्ने बुझिएको छ ।
डा. राउत प्रमुख अतिथिको रुपमा सहभागी हुनेछ भने मन्त्री कुशवाहा विशिष्ट अतिथि तथा शम्भुनाथ साह अतिथिको रुपमा सहभागीता जनाउनेछ ।
दुबईस्थित रहेको अस्टोरिया होटेल याक यति क्लबमा कार्यक्रमको आयोजना गरिएको गैर आवासीय मधेशी सँघ युएई दुबईका उपाध्यक्ष सँतोष ठाकुरले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…