जानकी मन्दिरमा सर्वसाधारणले थुकेको फोहोर आफैँ सफाई गर्न जुटे धनुषाका सिडिओ
जिल्ला अधिकारी दाहालले जानकी मन्दिर जस्तो विश्वप्रसिद्ध र हिन्दुहरुको आस्थाको केन्द्रमा फोहोर दुर्गन्धित हुनु लज्जास्पद रहेको बताए । उनले परिसरभित्र फोहोर नै गर्न नहुने अवस्था सृजना गर्नुपर्ने नियम कानुन लागू हुनुपर्ने धारणा राखे ।

२०७९ फागुन १२ शुक्रबार, बिहान ११:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विश्वप्रसिद्ध जानकी मन्दिर प्राँगनमा कुडादानी (डस्टविन) मा सर्वसाधारणले फालेको फोहोर धनुषाका सिडिओ आफैँ सफाई गर्न थालेका छन् ।
धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) काशिराज दाहालले आफैँ जानकी मन्दिर परिसरभित्रको फोहोरमैला सफाईमा जुटेका छन् ।
पान, गुटखा, पानीको बोतल, फास्ट फूडका फोहोर जानकी मन्दिरमा दुर्गन्धित हुन थालेपछि सिडिओ दाहालले आफैँ सफाईमा जुटेका हुन् । उनी बिहानै जानकी मन्दिर पुगेर सफाई गरेका छन् ।
स्वस्थ्य, स्वच्छ र सफा जनकपुरधामको नारासहित साप्ताहिक सरसफाई कार्यक्रम अन्तर्गत सिडिओ दाहालले जिल्ला प्रहरी कार्यालय धनुषा, सशस्त्र प्रहरी बल गण ८ धनुषा, नागरिक समाज धनुषा, अधिकृत सँगम, श्रीनाथ गण धनुषा र स्थानीय क्लबहरुको सहयोगमा आफैँ सफाईमा जुटेका हुन् ।

जिल्ला अधिकारी दाहालले जानकी मन्दिर जस्तो विश्वप्रसिद्ध र हिन्दुहरुको आस्थाको केन्द्रमा फोहोर दुर्गन्धित हुनु लज्जास्पद रहेको बताए । उनले परिसरभित्र फोहोर नै गर्न नहुने अवस्था सृजना गर्नुपर्ने नियम कानुन लागू हुनुपर्ने धारणा राखे ।
जानकी मन्दिर परिसरभित्र पान, गुटखा खानु निषेध गर्ने गरी कानुन मन्दिर पक्षबाट पनि हुनुपर्ने बताए । उनले यहाँका सरोकारबालाहरुसँगको छलफलबाट निर्णय कार्यन्वयनमा ल्याउनुपर्ने धारणा राखे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…