संघीय सरकारले संविधानलाई खतरमा पुरयाउन खोजेको छ : नीधि
न्यूज ब्यूरो | जनकपुरधाम, २५ बैशाख । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीय सरकारले संघीय संरचना र संविधानलाई खतरामा पु¥याउन खोजेको आरोप लगाएका छन् । नेपाली काँग्रेसको उपसभापतिमा मनोनित भएपछि पहिलो पल्ट आफ्नो गृह जिल्ला जनकपुरधाम आईपुगेका नेता निधिले संघीय सरकारद्वारा संघीय प्रणालीला

२०७५ बैशाख २५ मंगलबार, बिहान ९:४० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २५ बैशाख । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीय सरकारले संघीय संरचना र संविधानलाई खतरामा पु¥याउन खोजेको आरोप लगाएका छन् ।
नेपाली काँग्रेसको उपसभापतिमा मनोनित भएपछि पहिलो पल्ट आफ्नो गृह जिल्ला जनकपुरधाम आईपुगेका नेता निधिले संघीय सरकारद्वारा संघीय प्रणालीलाई कमजोर पारेर संविधानलाई असफल बनाउने कोशिसमा लागेको बताएका हुन् ।
उनले संघीय सरकारले हाल संघीयता विपरित केन्द्रितामा गएर सबै कामकाज गर्ने दिशामा लगातार अग्रसर रहेको र यसले संघीयता नै धरापमा पार्ने खेल भईरहेको बताए । उनले संघीयता बचाउन जनताले आ–आफ्नो स्थानबाट पहलकदम नलिए संघीयता नै धरापमा पर्ने भएकोले संघीय सरकारले संघीयता विपरित केन्द्रितामा गएर संघीयता धरापमा पा¥यो : उपसभापति निधि सबैले सजगताका साथ अघि बढ्न आग्रह समेत गरे ।
प्रदेश नं. २ मा प्रमुख प्रतिपक्षी दलमा देखिएको विवादबारे नेता निधिले भने – “सरकार निर्माण भएर समर्थनको क्रममा नेपाली काँग्रेस बाहेक अन्य सबै दलले सरकारलाई समर्थन गरेको छ, तर नेपाली काँग्रेस प्रतिपक्षमा बसेको छ, त्यसैले यस प्रदेशमा प्रमुख प्रतिपक्षी दलको मान्यता नेपाली काँग्रेसले पाउनुपर्छ । ”
उनले भने – “ नेपाली काँग्रेसले प्रदेश २ को राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल नेतृत्वको सरकारलाई समर्थन गर्ने मनसाय बनाएको थियो, तर सरकार बनाउने बेलामा काँग्रेससंग कुनै सल्लाह, सुझाव तथा समझदारी गर्न नखोजेका कारण प्रमुख प्रतिपक्षमा बसेको हो ।
उनले प्रदेश सरकारले संविधान संशोधन विरोधीहरुसंग सम्झौता गरेर नेपाली काँग्रेसलाई उपेक्षा गरेर मधेश विरोधी पार्टीहरुसंग समन्वयन गरेको आरोप समेत लगाए । उनले प्रदेश नं. २ का सभामुखले नेपाली काँग्रेसलाई प्रमुख प्रतिपक्षीको मान्यता दिनुपर्ने भएपनि टुङ्गो नलगाएका कारण संसद नै अवरुद्ध गरेको बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम सन्दर्भमा बोल्दै नेता निधिले संघीय सरकार र प्रादेशिक सरकारले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको क्रममा भारत सरकारसंग विगत भएको द्विपक्षीय सम्झौता अन्तर्गत भएका कामहरु जस्तै नेपाल भारतको पूर्व–पश्चिम रेलसेवा, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, राजर्षि जनक विश्वविद्यालय, जनकपुरधाम– अयोध्याको भागिनी (सिस्टर सिटी) सम्बन्ध जस्ता कुराहरुलाई प्राथमिकतामा राखेर भ्रमणलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
जनकपुर विमानस्थलमा पत्रकारले गरेको एक प्रश्नको जवाफमा नेपाली काँग्रेसका उपसभापति निधिले भने – “मैले चुनाव हारेको छु, पार्टीले मलाई हराएको छैन, त्यसैले मलाई उपसभापतिको जिम्मेवारी दिईयो।” आजको न्यूजपेपर दैनिकमा समाचार छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…