८ ओटा मोटरसाईकलसहित साढे १० लाखको समान पक्राउ, बालुवा खन्ने ४ ट्रयाक्टर पनि पक्राउ
ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट खटिएको प्रहरी टोलीले ज १ त २६०९, ज १ त ६५०५, ज १ त ९३३५ र प्रदेश ०३–००१ त १४ नं. को बालुवा लोड ट्रायाक्टरहरूलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि आजै जिल्ला समन्वय समितिको कार्यालय जनकपुरधाम धनुषामा पठाएको जनाइएको छ ।

२०७९ फागुन ११ बिहीबार, बेलुकी ७:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले सीमामा कडाई जारी राखेको छ । सोही क्रममा भारतबाट भन्सार छली गरी ल्याएको साढे १० लाख बढीको अवैद्य समान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटि गएको गस्ती टोलीले ८ वटा मोटरसाईकल सहित १० लाख ५२ हजार रुपैयाँ बराबरको समान बरामद गरी भन्सारमा बुझाएको हो ।
यस्तै, अवैद्य रुपमा खोलाबाट बालुवा खनेर ल्याउँदै गरेको ४ वटा ट्राक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले धनुषाको दिगम्बरपुर खोलाबाट बालुवा खनेर ल्याउँदै गर्दा पक्राउ गरी आवश्यक कारवाही थालेको हो ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट खटिएको प्रहरी टोलीले ज १ त २६०९, ज १ त ६५०५, ज १ त ९३३५ र प्रदेश ०३–००१ त १४ नं. को बालुवा लोड ट्रायाक्टरहरूलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि आजै जिल्ला समन्वय समितिको कार्यालय जनकपुरधाम धनुषामा पठाएको जनाइएको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…