मोदीलाई जनकपुरमा रक्षामन्त्रीले स्वागत गर्ने
न्यूज ब्यूरो | जनकपुरधाम, २५ बैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा रक्षामन्त्रीले स्वागत गर्ने बताएका छन् । बैशाख २८ र २९ गते हुन लागेको नेपाल भ्रमणको क्रममा जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्ने बताए

२०७५ बैशाख २५ मंगलबार, बिहान ९:२७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २५ बैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा रक्षामन्त्रीले स्वागत गर्ने बताएका छन् ।
बैशाख २८ र २९ गते हुन लागेको नेपाल भ्रमणको क्रममा जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्ने बताएका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण तयारीको सन्दर्भमा जानकारी लिन जनकपुरधाम आएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नरेन्द्र मोदीले र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले रामायण सर्किटको घोषणा गर्ने कार्यक्रम रहेको जानकारी गराए ।
उनले भारतीय प्रधानमन्त्री मोदीको जनकपुरधाममा हुने नागरिक अभिनन्दन जनकपुर उप–महानगरपालिका र प्रदेश सरकारले गर्ने र प्रत्रानमन्त्रीको सहभागिता नरहने तथा केन्द्र सरकारको यसमा कुनै हस्तक्षेप नरहने स्पष्ट पारे ।
पत्रकार एक प्रश्नमा रामायण सर्किटबारे बताउदै परराष्ट्रमन्त्री ज्ञवालीले भने – “मूलतः पौराणिक धार्मिक महत्वसंग जोडिएको रामायणकालिनमा समेत सिता र रामसंग जोडिएको प्रसंङ्गहरु समेटने सबै धार्मिक तथा ऐतिहासिक तीर्थ स्थलहरुलाई पर्याप्त पुर्वाधार खास गरी यातायात सञ्जालसंग जोड्ने, ऐतिहासिक र सांस्कृतिक महत्वका स्थलहरुण्को संरक्षण गर्ने, र ती स्थलहरुको विकास गर्दै ती स्थानमा रहेका जनतामा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य रहेको छ ।”
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको तयारी अन्तिम चरणमा रहेको र बाँकी काम ३ दिन भित्र पुरा भईसक्ने जानकारी दिदै नेपाल र भारत बीच रहेको भगिनी सम्बन्धलाई रामायण सर्किटले अझ प्रगाढ सम्बन्ध बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा भ्रमणमा रामायण सर्किटसंगै दुई देशबीच बस सेवाको उदघाटन समेत हुने जानकारी दिए ।
प्रधामन्त्री ओलीको भारत भ्रमणको क्रममा भएको सम्झदारीमा भारतीय सहयोगमा नेपाल सञ्चालित पूर्व पश्चिम रेलमार्ग, रामायण सर्किट, हुलाकी राजमार्ग, जलमार्ग र कृषिमा साझेदारीका साथै अन्य सम्झौताहरुमा छलफल हुने जानकारी दिए ।
उनले मोदीको नेपाल भ्रमणको क्रममा मुक्तिनाथको दर्शन समेत गर्न सक्ने बताएको जनकपुरबाट प्रकाशित हुने आजको न्यूजपेपर दैनिकमा समाचार छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…