जनकपुरमा व्यापार बिनाको व्यापार मेला, मान्छे तान्न ओरकेष्ट्रा नचाइदै
व्यापार मेलामा अन्तर्राष्ट्रिय स्तरको कम्पनीहरुले सहभागिता जनाएको छ तर अपेक्षा अनुसार व्यापार भने चल्न सकेको छैनन् । व्यापार मेलामा उपभोक्ताहरु जान छाडेपछि उपभोक्ता तान्ने दाउ लगाएको उद्योग वाणिज्य सँघले ओरकेष्ट्रा कार्यक्रमसम्म गर्न थालेको छ । तरपनि उपभोक्ताहरु ओरकेष्ट्रा मात्र हेरेर फर्कन गरेका छन् ।

२०७९ फागुन ८ सोमबार, बिहान ८:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित सुरु भएको व्यापार मेला व्यापार बिना चलिरहेको छ । जनकपुरमा पहिलो पटक अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गरिएको छ तर व्यापार भने चौपटट् देखिएको छ ।
विश्व बजारमा आर्थिक मन्दी छाएको बेला व्यापार व्यवसायको गतिविधिलाई बढाउने उद्देश्यले अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गरिएको जनकपुरधाम उद्योग वाणिज्य संघले व्यापार नचल्दा मान्छे तान्न ओरकेष्ट्रा समेत नचाउन थालेको छ । यद्यपी, दर्शकहरु ओरकेष्ट्रा मात्र हेरेर फर्कने गरेका छन् ।
मेलामा नेपाल, भारत, पाकिस्तान र बंगलादेश तथा स्वदेशी र स्थानीय स्तरका व्यापारीहरुले आफ्नो उत्पादनहरुलाई बिक्रीका लागि स्टल राखेको छ । सटरको मूल्य २५ देखि ४० हजारसम्म राखिएपनि व्यापार भन्ने चौपटट् रहेको छ ।
व्यापार मेलामा अन्तर्राष्ट्रिय स्तरको कम्पनीहरुले सहभागिता जनाएको छ तर अपेक्षा अनुसार व्यापार भने चल्न सकेको छैनन् । व्यापार मेलामा उपभोक्ताहरु जान छाडेपछि उपभोक्ता तान्ने दाउ लगाएको उद्योग वाणिज्य सँघले ओरकेष्ट्रा कार्यक्रमसम्म गर्न थालेको छ । तरपनि उपभोक्ताहरु ओरकेष्ट्रा मात्र हेरेर फर्कन गरेका छन् ।
आयोजकले व्यापार मेलाको अवलोकन गर्ने सर्वसधारणबाट २० रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ । २० रुपैयाँको टिकट तिरेर ओरकेष्ट्रा हेर्नेको भीड देखिएको छ ।
जानकारी अनुसार, आयोजकले यस पटक नो प्रोफिट नो लसको सिद्धान्त अनुसार मेलालाई कसरी व्यवस्थित बनाएर राख्न सकिन्छ त्यस तिर केन्द्रित भएको छ ।
मेलामा १ सय ५० वटा स्टल राखिएको छ । मेलामा करिब २० करोड रुपैयाँ बराबरको व्यापार हुने अनुमान गरिएपनि १ करोडसम्मको समेत व्यापार चलाउ धौधौ भएको व्यापारीहरु बताउँछन् ।
आयोजकले जनकपुरधामको साँस्कृतिक कार्यक्रम भन्दै अर्धनँगा ओरकेष्ट्रा नाच नचाउन बाध्य भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…