जनकपुर साहित्य महोत्सव फाल्गुन ११ गतेदेखि, चर्चित गायिका मैथिली ठाकुर पनि आउने
महोत्सवको तेस्रो दिन युवा संस्कार र परिकार, मैथिली साहित्य र रङ्गमञ्चको यात्रा, दुर्व्यसन, किन आवश्यक छ उत्सव, समाजको अर्थ र सामाजिक यात्रा, हामीले गुमाएको खेलकुद, सम्झना प्रदीप दाइ तथा विविध संस्कृतिक कार्यक्रम रहेको आयोजक नभ मिथिला फाउण्डेशनका उपाध्यक्ष नेपालले जानकारी दिए।

२०७९ फागुन ७ आइतबार, राति ९:५२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको जानकी मन्दिरमा अगामी फागुन ११ गते देखि जनकपुर साहित्य महोत्सवको आयोजना हुने भएको छ ।
नव मिथिला फाउण्डेशनको आयोजनामा हुने साहित्य महोत्सव १३ गतेसम्म चल्ने आयोजकले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
नव मिथिला फाउण्डेशनका उपाध्यक्ष आदित्य नेपालका अनुसार महोत्सवमा साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीतिसम्बन्धी विभिन्न २० वटा ओपन–एयर प्यानल छलफल हुनेछ । जसमा ‘समावेशिताः परिकल्पना र अभ्यास’, ‘अपन समाजके घुइरक तकलापर’ र घेघ बनल घोघ’, “हामीले गुमाएका खेलकुदु,” “संजालको बवाल” लगायतको विषयमा बहस हुने छ ।
साहित्य महोत्सवको बारेमा जानकारी दिने उद्देश्यले आज जनकपुरधाममा आयोजक संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सव तीन दिनसम्म चल्ने र महोत्सवमा विभिन्न समसामयिक विषयहरूमा मन्थन तथा विचार विमर्श हुनेछ ।
चौथो पटक आयोजना हुन लागेको जनकपुर साहित्य महोत्सवको ११ गते उद्घाटन हुने कार्यक्रम रहेको छ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिइएको महोत्सव आयोजक समितिका संयोजक प्रियंका झाले जानकारी दिइन । सत्रहरूमा वक्ता र सहजकर्ताको रुपमा स्थानीयदेखि राष्ट्रियस्तरका व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
उद्घाटनकै दिनमा विद्यालय स्तरीय वक्तृत्व कलाको समापन कार्यक्रम हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई २१ हजार, ११ हजार र ५ हजार १ सय सहित सम्मानित गरिने भएको छ ।
महोत्सवको दोस्रो दिनमा पर्यावरण, समावेशिताको परिकल्पना र अभ्यास, राजनीतिक अभियान र अवसर, आफ्नो समाजलाई फर्केर हेर्दा, घुघट प्रथा, अन्तरविद्यालय कविता प्रतियोगिता हुने भएको आयोजकले जनाएको छ ।
महोत्सवको तेस्रो दिन युवा संस्कार र परिकार, मैथिली साहित्य र रङ्गमञ्चको यात्रा, दुर्व्यसन, किन आवश्यक छ उत्सव, समाजको अर्थ र सामाजिक यात्रा, हामीले गुमाएको खेलकुद, सम्झना प्रदीप दाइ तथा विविध संस्कृतिक कार्यक्रम रहेको आयोजक नभ मिथिला फाउण्डेशनका उपाध्यक्ष नेपालले जानकारी दिए।
किताबको लोकार्पणदेखि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुती पनि महोत्सवमा समेटिएको छ भने महोत्सवको अन्तिम दिन फागुन १३ गते भारतका चर्चित गायिका मैथिलि ठाकुरले पनि साङ्गितिक प्रस्तुती दिने भएकी छन्।
साहित्य महोत्सवको संवाद कार्यक्रममा डा. सिके राउत, नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा, मास्टर सेफ, मैथिलीका प्रसिद्ध गायिका मैथिली ठाकुर पनि सहभागी रहनु हुने कार्यक्रम रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…