मधेशका युवाहरुलाई रोजगार दिन महेन्द्रनगरमा Fantastic Garment
स्थानीय स्तरमै रोजगारी सृजना गरी युवाहरुलाई सहयोग समेत पुरयाउने उदेश्यले गार्मेन्ट सँचालनमा ल्याएको बताइएको छ । विहेको कपडा, पूजापाठसहित अन्य उत्सवको लागि थोकमै कपडा सिलाई गरी घरसम्म होम डेलिभरीको व्यवस्था गरिएको बताइएको छ ।

२०७९ फागुन ६ शनिबार, राति ९:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी क्षेत्र धनुषाको महेन्द्रनगरमा Fantastic Garment सँचालनमा आएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ६ महेन्द्रनगरस्थित विदेश बस्दै आएका युवाहरु मिलेर गारमेन्ट सँचालनमा ल्याएको छ ।
सो गारमेन्टमा विभिन्न किसिमको कपड़ा सिलाई गरिने सँचालकहरुमध्ये शँकर दासले जानकारी दिए । साना उद्योगमा सौर्ट पाईन्ट , स्कुल ड्रेस , कौर्ट , कोरिअन फुल पाईन्ट र हाप पाईन्ट , भेस्टसहित लेडिज ड्रेसका आइटमहरु समेत पाउने जनाइएको छ ।
दासका अनुसार, होलीको लागि आफूले चाहेको बमोजिम भेष्ट बनाइदिने, प्रिन्ट गरि दिने सुविधा समेत ल्याएको बताए । उनका अनुसार, मधेशका युवाहरुलाई विभिन्न जिल्लामा रोजगारी दिने गरी सो साना उद्योग सँचालनमा ल्याएको बताए ।
अहिले १० जना युवाहरु मिलेर सो उद्योग सँचालनमा ल्याएको हो । गार्मेन्टमा सिलाइ हुने सबै प्रकारको कपडाको अन्तिम सिलाई गरी घरसम्मै पुरयाउने व्यवस्था समेत गरिएको दासले बताए ।
स्थानीय स्तरमै रोजगारी सृजना गरी युवाहरुलाई सहयोग समेत पुरयाउने उदेश्यले गार्मेन्ट सँचालनमा ल्याएको बताइएको छ । विहेको कपडा, पूजापाठसहित अन्य उत्सवको लागि थोकमै कपडा सिलाई गरी घरसम्म होम डेलिभरीको व्यवस्था गरिएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…