मधेस र दाईजो : धनुषामा यादवले गरे आदर्श विवाह
विनय कुमार यादव || जनकपुरधाम, २४ बैशाख । मधेसमा दाईजो प्रथा जस्ता कुरुतिमा वृद्धि हुँदै जाँदा धनुषामा एक जोडीले आदर्श विवाह गरेका छन् । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ बस्ने श्री यादवको २४ वर्षिय राम पुकार यादव र जनकपुर उपमहानगरपालिका वडा नं. १८ महुवा बस्ने बद्री यादवकी छोरी वर्ष २१ की लक्ष्मी

२०७५ बैशाख २४ सोमबार, बिहान ११:१० बजे१ मिनेट पढाइ

विनय कुमार यादव ||
जनकपुरधाम, २४ बैशाख । मधेसमा दाईजो प्रथा जस्ता कुरुतिमा वृद्धि हुँदै जाँदा धनुषामा एक जोडीले आदर्श विवाह गरेका छन् ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ बस्ने श्री यादवको २४ वर्षिय राम पुकार यादव र जनकपुर उपमहानगरपालिका वडा नं. १८ महुवा बस्ने बद्री यादवकी छोरी वर्ष २१ की लक्ष्मी यादवबीच आदर्श विवाह सम्पन्न भएको छ ।
तराई मधेसमा दाईजोका विगविगी चलिहरेको बेला दुई परिवार वीचको सहमतिमा राम पुकार र लक्ष्मीबीच विना दाईजोको आदर्श विवाह गरिएको हो ।
दाईजोकै निहुँमा दिनहुँ हत्या, हिँसा जस्ता अपराधिक क्रियाकलापहरु बढीरहेको बेला दुई परिवारबीच आदर्श विवाहको लागि सहमति भएपछि छिमेकीहरुले भोजभतेर वा अन्य विधि विधानमा समेत सक्रियता देखाएनन् ।
समाजको ती कुरुति र रिवाजलाई चिर्दै यादवले विना दाईजोको सवा रुपैयाँ सहित आदर्श विवाह सम्पन्न गरेका छन् ।
बेहुली पक्ष आर्थिक रुपले सम्पन्न भएपनि बेहुला पक्षले विना दाईजोको आदर्श विवाह गर्ने साहस देखाएपछि आदर्श विवाह सम्पन्न भएको हो ।
धनुषामा यसरी विना दाईजोको आदर्श विवाह गरिँदा दाईजो लिनेहरुलाई कडा जवाफ मिलेको छ ।
उनीहरुको आदर्श विवाहलाई समाजसेवी , बुद्धिजीवीहरुले साकारात्मक लिएका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…