प्रदेश नं. २ मा विशेषज्ञता तहको अस्पताल स्थापनाको लागि पहल
न्यूज ब्यूरो || जनकपुरधाम, २३ बैशाख । देशमा प्रादेशिक सँरचना निर्माण भएलगत्तै विकासको विभिन्न कार्यहरुलाई समेत तिव्रता दिइएको छ । प्रादेशिक सँरचना भएपछि प्रदेश नं. २ मा एउटा विशेषज्ञ तहको अस्पताल निर्माणका लागि प्रदेश सरकारलाई पहल गरिदिन सल्लाह दिइएको छ । मधेसी युथ थिंक टयान्कका अध्यक्ष डा. विनय पँज

२०७५ बैशाख २३ आइतबार, दिउँसो १:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २३ बैशाख । देशमा प्रादेशिक सँरचना निर्माण भएलगत्तै विकासको विभिन्न कार्यहरुलाई समेत तिव्रता दिइएको छ ।
प्रादेशिक सँरचना भएपछि प्रदेश नं. २ मा एउटा विशेषज्ञ तहको अस्पताल निर्माणका लागि प्रदेश सरकारलाई पहल गरिदिन सल्लाह दिइएको छ ।
मधेसी युथ थिंक टयान्कका अध्यक्ष डा. विनय पँजियारले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई शनिबार भेट गर्दै प्रदेश स्तरीय विशेषज्ञता तहको अस्पताल स्थापनाको लागि सक्रियता देखाएका छन् ।
प्रदेशलाई स्वास्थ्य क्षेत्रमा विशेष राहत प्रदान गर्नको लागि स्वास्थ्य विज्ञहरु सम्मलित प्रदेश सरकारको निर्देशनमा वरिष्ठ चिकित्सक डा. राम केवल साहको सँयोजकत्वमा सल्लाहको कार्य पुरा गरेको जनाइएको छ ।
समितिको सदस्य सचिव समेत रहेका डा. पँजियार प्रदेश नं. २ को प्रमुख दलको रुपमा रहेको फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई भेट गर्दै समितिले बनाएको ड्राफ्ट हस्तान्तरण गरेको थियो ।
ड्राफ्ट हस्तान्तरण गरेपछि आसा गरेको उक्त विशेषज्ञता तहको अस्पताल निर्माणको कार्य मूर्त रुप लिनेमा आसा व्यक्त गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…