कमला नगरपालिकामा फागुनको पहिलो हप्तादेखि वृद्धभत्ता वितरण हुन्छः उपसचिव महतो
यस आर्थिक बर्षमा सबभन्दा बढी बजेट शिक्षामा राखिएको कमला नगरपालिकाका लेखाप्रमुख सँजीव कुमार महतोले जानकारी दिए । उनले शिक्षा तर्फ यसपाली १ करोड २२ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

२०७९ माघ २५ बुधबार, राति ९:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा फागुनको पहिलो हप्तादेखि समाजिक सुरक्षा भत्ता वितरण हुने नगरपालिकाका कार्यालय प्रमुख ओमप्रकाश महतोले जनाएका छन् ।
बुधबार सर्वसहमतिले सम्पन्न भएको नगरसभाबाट बजेट पारित गर्दै प्रक्रियागत रुपमै फागुनको पहिला हप्तादेखि नै समाजिक सुरक्षा भत्ता वितरण हुने अधिकृत महतोले जनाए ।
कमला नगरपालिकाले ल्याएको कुल बजेट ५५ करोड ४५ लाख ४१ हजार ७ सय ७४ मा वडास्तरीय बजेट बाँडफाँड गर्दै सर्वसहमतिले नगरसभा पास भएको हो ।
कमला नगरपालिकाकी नगर उपप्रमुख शिलादेवी मण्डलको अध्यक्षता, नगर प्रमुख विशेश्वर प्रसाद यादवको प्रमुख आतिथ्य तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महतोको विशिष्ट आतिथ्यमा सफलतापूर्वक सम्पन्न नगरसभाबाट प्रत्येक वडालाई बराबर ९५ ९५ लाख रुपैयाँ बजेट सिलिँग गरिएको छ ।
यस आर्थिक बर्षमा सबभन्दा बढी बजेट शिक्षामा राखिएको कमला नगरपालिकाका लेखाप्रमुख सँजीव कुमार महतोले जानकारी दिए । उनले शिक्षा तर्फ यसपाली १ करोड २२ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।
९ वटै वडाका वडाध्यक्ष, उपमेयर, मेयरबीच बजेट बाँडफाँडमा पूर्ण सहमति जुटेपछि नगरसभा सफलतापूर्वक सम्पन्न भएको हो । नयाँ अधिकृत आएलगत्तै कमला नगपालिका सँचालनमा आएको हो ।
नगरसभामा ईलाका प्रहरी कार्यालय खजुरीका ईन्सपेक्टर निरञ्जन घिमिरे, कार्यपालिका सदस्य, समाजसेवी, सँचारकर्मीहरुको समेत सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…