एजेन्सी: भारतको नक्सामा हिँडेपछि बलिउड अभिनेता अक्षय कुमार यतिबेला विवादित बनेका छन्। एक भिडियोमा पृथ्वीमाथि हिँडेको दृश्यमा उनले भारतमाथि पनि पाइला टेकेका छन्।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई 'देशको अपमान' भएको बताएका छन्।
खासमा अक्षयले कतार एयरवेजको प्रचार सामग्रीको भिडियो शेयर गरेका थिए जहाँ उनी पृथ्वीमाथि हिँडेका हुन्छन्। कतार एयरवेजको प्रायोजनमा आउँदो मार्चमा उत्तर अमेरिकी देशमा हुन गइरहेको महोत्सवको प्रचार सामग्रीमा उनले आफूहरू एक सय प्रतिशत मनोरञ्जन लिएर त्यता आउने उल्लेख गरेका छन्।
जहाँ पृथ्वीमाथि हिँड्नु 'नर्थ अमेरिका'को यात्रालाई साङ्केतिकरूपमा देखाउन खोजिएको हो। तर, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई देशको अपमानसँग जोडे।
अक्षय क्यानेडियन नागरिक भएकाले उनले भारतको सम्मान नगरेको उनीहरूको तर्क छ।
भिडियोमा अक्षयसँगै नोरा फतेही, दिशा पटानी लगायत पनि छन्। तर सामाजिक सञ्जाल प्रयोगकर्ताको निशानामा भने अक्षय नै छन्।
बलरा नगरपालिकालाई सरकारी कर्मचारीको हब बनाउँछौँः मेयर कुशवाहा
२०७९ माघ २४ मंगलबार
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको बलरा नगरपालिकाका नगर प्रमुख (मेयर) रामा शंकर प्रसाद कुशवाहाले नगरपालिकालाई कर्मचारीको हब बनाउने बताएका छन् ।
मँगलबार नगरभित्रका छात्रछात्राहरुको लागि निःशुल्क लोकसेवा आयोगको तयारी कक्षालाई उदघाटन
मँगलबार नगरभित्रका छात्रछात्राहरुको लागि निःशुल्क लोकसेवा आयोगको तयारी कक्षालाई उदघाटन गर्दै मेयर कुशवाहाले ५ बर्षको अवधीमा बलरा नगरपालिकाबाट दर्जनौ सरकारी कर्मचारी बनाउने लक्ष्य राखेको बताए ।
मेयर कुशवाहाले लोकसेवा आयोगको तयारीको लागि मोटो रकम तिर्नुपर्ने हुँदा गरिव, विपन्न, जेहेन्दार र लोकसेवाको तयारी गर्न चाहेका नगरभरिका छात्रछात्राहरुको लागि निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सँचालन गरेको बताए ।
विद्यार्थीहरुलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत उमेश महतो
उनले भने, –“युवाहरुलाई विदेश पलायनबाट पनि रोक्नु छ, झोलाको भारी बोकेर यति बर्षसम्म पढेर पनि झोला बोकेर विदेश जानुपर्ने स्थितिलाई नियन्त्रणमा लिनुपर्छ । अब किताबको भारी बोकेका विद्यार्थीहरुले खाडीको भारी बोक्नुपर्दैन्, तर यसको लागि खाडीभन्दा पनि पाँच गुणा मिहिनेतको आवश्यकता हुन्छ । लोकसेवा आयोग चानचुने होइन् । आगोमा जलेर निखार ल्याउनुपर्छ ।”
उनले विद्यार्थीहरुको आर्थिक अवस्था र पर शहरमै गएर लोकसेवा परीक्षाको तयारी गर्नुपर्ने बाध्यतात्म स्थितिलाई नियन्त्रण गर्न नगरभरिका छात्र छात्राहरुको लागि निःशुल्क लोकसेवा आयोगको तयारी सुरु गरेको बताए । उनले स्थानीय स्तरमै तयारी कक्षा सँचालन भएपनि झन सहज र समयको पनि बचत हुने बताए ।
उदघाटन कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश महतोले लोकसेवा हलुको नभएपनि यसलाई त्यतिपनि भारी नलिनुपर्ने जिकिर गरे । उनले आफू पटक पटक लोकसेवा लडेर यहाँसम्म आईपुगेको बताउँदै मिहिनेत र जुनुनको रफ्तार सयौँ गुणा बढाए मात्र सफलता पाउने बताए ।
लोकसेवा तयारी कक्षामा सहभागी विद्यार्थीहरु
लोकसेवा आयोग तयारी कक्षामा सहभागी छात्रछात्राहरुलाई आफ्नो अनुभव सुनाउँदै अधिकृत महतोले नगरपालिकाको यो योजनालाई सफल बनाउन सबैमा आग्रह गरे । उपस्थित विद्यार्थीहरुमध्ये कम्तीमा ३० प्रतिशत विद्यार्थीले लोकसेवामा नाम निकाल्नुपर्ने जिकिर गरे ।
अधिकृत महतोले लोकसेवा तयारी कक्षाको क्रममा कुनै प्रकारको बाधा, अडचन, समस्या भए निर्वाध रुपमा आफू वा नगर प्रमुखसहित अन्य पदाधिकारीलाई जानकारी गराउन सल्लाह पनि दिए ।
बलरा नगरपालिकाको वडा नम्बर ९ स्थित रहेको सीताराम आधारभूत विद्यालयमा लोकसेवा आयोगको तयारी कक्षा सँचालन गरिएको हो ।
उदघाटन कार्यक्रममा नगरपालिकाकी उपप्रमुख कोशिला देवी विशिष्ट अतिथिको रुपमा सहभागी भएकी थिइन् भने विद्यालयका शिक्षक, प्रधानाध्यापकसहित विभिन्न वडाका वडाध्यक्ष, समाजसेवी, पत्रकार, अधिकारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।