भारतको नक्सामा हिडेपछि विवादमा अक्षय कुमार, माफी माग्न दबाब
भिडियोमा अक्षयसँगै नोरा फतेही, दिशा पटानी लगायत पनि छन्। तर सामाजिक सञ्जाल प्रयोगकर्ताको निशानामा भने अक्षय नै छन्। उनीहरूले अक्षयलाई माफी माग्न पनि आदेश दिएका छन्।

२०७९ माघ २४ मंगलबार, दिउँसो ४:१३ बजे१ मिनेट पढाइ

एजेन्सी: भारतको नक्सामा हिँडेपछि बलिउड अभिनेता अक्षय कुमार यतिबेला विवादित बनेका छन्। एक भिडियोमा पृथ्वीमाथि हिँडेको दृश्यमा उनले भारतमाथि पनि पाइला टेकेका छन्।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई 'देशको अपमान' भएको बताएका छन्।
खासमा अक्षयले कतार एयरवेजको प्रचार सामग्रीको भिडियो शेयर गरेका थिए जहाँ उनी पृथ्वीमाथि हिँडेका हुन्छन्। कतार एयरवेजको प्रायोजनमा आउँदो मार्चमा उत्तर अमेरिकी देशमा हुन गइरहेको महोत्सवको प्रचार सामग्रीमा उनले आफूहरू एक सय प्रतिशत मनोरञ्जन लिएर त्यता आउने उल्लेख गरेका छन्।
जहाँ पृथ्वीमाथि हिँड्नु 'नर्थ अमेरिका'को यात्रालाई साङ्केतिकरूपमा देखाउन खोजिएको हो। तर, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई देशको अपमानसँग जोडे।
अक्षय क्यानेडियन नागरिक भएकाले उनले भारतको सम्मान नगरेको उनीहरूको तर्क छ।
भिडियोमा अक्षयसँगै नोरा फतेही, दिशा पटानी लगायत पनि छन्। तर सामाजिक सञ्जाल प्रयोगकर्ताको निशानामा भने अक्षय नै छन्।
उनीहरूले अक्षयलाई माफी माग्न पनि आदेश दिएका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…