मोदीको जनकपुर भ्रमण : हेलिकप्टर अवतरणको प्लान चेन्ज !
न्यूज ब्यूरो || जनकपुरधाम, २३ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हेलिकोप्टर अवतरणको योजना परिवर्तन गरिएको छ । आउँदो २८ गते बैशाखको जनकपुर आउन लागेको मोदीको हेलिकप्टर जनकपुर विमानस्थलमा अवतरण गर्ने भएको छ । यसअघि ऐतिहासिक रंगभूमी मैदान बारहविग्हा मैदानमा हेलिकोप्टर अवतरणको तयारी थियो । तीन

२०७५ बैशाख २३ आइतबार, बिहान ९:२१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २३ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हेलिकोप्टर अवतरणको योजना परिवर्तन गरिएको छ ।
आउँदो २८ गते बैशाखको जनकपुर आउन लागेको मोदीको हेलिकप्टर जनकपुर विमानस्थलमा अवतरण गर्ने भएको छ ।
यसअघि ऐतिहासिक रंगभूमी मैदान बारहविग्हा मैदानमा हेलिकोप्टर अवतरणको तयारी थियो ।
तीन वटा हेलिकोप्टर केही बेरको अन्तरालमा अवतरण गर्ने क्रममा बारहविग्हामा तयार गरिएको पण्डाल र मंचमा क्षति पुग्ने अनुमान गरिएको थियो । हेलिकप्टरको हावाको चापले सर्वसाधारणलाई समेत असहज हुने प्राविधिक टोलीले बताएको थियो ।
गएको बुधबार भारतीय सेनाको हेलिकोप्टर परिक्षण अवतरण गरेको थियो । परिक्षण अवतरण गर्ने क्रममा बारहविग्हा मैदानमा धुलैधुलो भएको थियो ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहित प्रदेश सरकारका मन्त्री तथा भारतीय सुरक्षा अधिकारीको टोलीलाई समेत धुलोले असहज भएको थियो । सय मीटरभन्दा बढीको दुरीमा हेलिकोप्टरको हावाको चापले क्षति हुने भएपछि प्राविधिकहरुले विकल्प खोज्न प्रदेश सरकारलाई भनेको थियो ।
बारहविग्हा मैदानको विकल्पको रुपमा प्रदेश सरकारले जनकपुर विमानस्थललाई लिएको थियो । बारहविग्हामा हेलिप्याड बनाउँदा आठ जिल्लाबाट ठूलो संख्यामा आउने सर्वसाधारणलाई समस्या हुने थियो ।
जनकपुर विमानस्थलमा मोदीको हेलिकोप्टर अवतरण गर्दा कुनै समस्या नआउने प्राविधिक टोलीको तर्क छ ।धावन मार्गको पार्किङ क्षेत्रमा पालैपालो तीन वटै हेलिकोप्टर अवतरण गराउन सकिने जनकपुर विमानस्थल कार्यालयले जनाए । 
जनकपुर विमानस्थलमा अवतरण गरेपछि भारतीय प्रधानमन्त्री मोदी जानकी मन्दिरको लागि प्रस्थान गर्ने छ । विमानस्थलबाट जानकी मन्दिरको दूरी करिब दुई किलोमीटर रहेको छ ।
विमानस्थलदेखि जानकी मन्दिरसम्मको सडकको मर्मत सम्भार समयमै गर्ने जनकपुर उपमहानगरपालिकाले जनाए । रामचोकमा अहिले एडीवी परियोजना अन्तर्गत ढल निर्माण कार्य भइरहेको छ ।
रामचोकदेखि राममन्दिरको उत्तर कुनासम्मको सडक निर्माणाधिन अवस्थामा छ । उक्त सडकको तत्काल मर्मतसम्भार कार्य अघि बढाउन जनकपुर उपमहानगरपालिकाले ठेकेदारलाई भनेको छ ।
सडक निर्माणाधिन अवस्थामा रहेकै कारण मोदीको हेलिकोप्टर बारहविग्हामा अवतरण गराउने तयारी थियो । तर, हेलिकोप्टर अवतरणका कारण हुन सक्ने समस्याको मध्यनजर गरी प्रदेश सरकारले जनकपुर विमानस्थलमै अवतरण गराउने तयारी थालेको छ ।
तयारीको सिलसिलामा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवको अगुवाईमा शुक्रबार बिहान जनकपुर विमानस्थलको स्थलगत निरिक्षण गरिको छ ।
मोदीको हेलिकोप्टर जनकपुर विमानस्थलमै अवतरण गर्ने पक्का भएपछि प्रदेश सरकारले तयारी अगाडी बढाएको छ ।
हेलिप्याड बनाउने झण्झट नरहेपनि विमानस्थलमा सरसफाईको अवस्था खराब छ । चारै तिर जथाभावी विज्ञापनहरु गरिएकोले विमानस्थल कुरुप बनेको छ ।
प्रदेश सरकारले सरसफाईसँगै रंगरोगन गर्ने कार्य पनि तत्काल अघि बढाउनुपर्ने निरिक्षणमा सहभागी एक प्रदेश सभा सदस्यले बताए ।
विमानस्थलबाट मोदी जानकी मन्दिर आउँदा जनकपुरबासीले स्वागत गर्ने थप समय पाउने भएका छन् ।
मोदी पटनाबाट हेलिकोप्टर चढेर सोभैm जनकपुर आउन लागेका छन् भनेर जनकपुर टुडेमा समाचार छापिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…