पत्रकार थापाको पहलमा विपन्न मुसहर परिवारलाई न्यानो कपडा
उहाँले सर्लाहीको आदर्श पत्रकारिता तथा मुल मर्मलाई जिवन्त राख्दै सामाचारको माध्यमबाट समाजलाई सुसज्जित तथा जागरुक गर्नुको साथै एउटा सच्चा समाजिक पहरेदारको रुपमा काम गर्दै आएको छ ।

२०७९ माघ २४ मंगलबार, बिहान ९:०९ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । माघ मसान्तको अन्तिमसम्म समेत शितलहर चलिरहँदा एक पत्रकारको पहलमा न्यानो कपडा वितरण गरिएको छ ।
नयाँ पत्रिकाका पत्रकार श्रवण थापाको पहलमा सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर ६ कामदका २ सय विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।
आर्थिक विपन्न भएका कारण चिसोमा कठ्यांग्रिन बाध्य विपन्न मुसहर परिवारको विषयमा नयाँ पत्रिकाले समाचार सम्प्रेषण गरेपछि विशाल ग्रुपले न्यानोकपडा वितरण गर्नका लागि अघि आएको पत्रकार थापाले जानकारी दिए ।
ग्रुपले विपन्न परिवारलाई वितरणका लागि एक सय २० थान कम्बल, एक सय २० थान पछेउरा र २० थान ज्याकेट गरि जम्मा २६० थान न्यानो कपडा कोरियर मार्फत पठाएको मुसहर अगुवा रामकेवल माझीले जानकारी दिए ।
आज एक कार्यक्रमको आयोजना गरि २ सय परिवारलाई न्यानो कपडा वितरण गरिएको छ, उहाँले भने । बाँकी रहेको कपडा हरिपुर नगरपालिकाका विभिन्न मुसहर बस्तीका ६० परिवारलाई वितरण गरिने उहाँले बताए ।
विशाल ग्रुपले सामाजिक उत्तरदायित्व कोषमार्फत सहयोग उपलब्ध गराएको कम्पनीका कुनाल थापाले जानकारी दिए।
आज सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका पूर्वसांसद प्रमोद साह, पत्रकार राकेश गुप्ता, स्थानीय प्रशासनको उपस्थितिमा राहत सामग्री वितरण गरिएको थियो।
सामाजिक मुद्दाहरुको रिपोर्टिङमा पत्रकार श्रवण थापा अब्बल मानिन्छन । उहाँ विगत एक दशक भन्दा बढी समयदेखि समाजमा रहेका विकृति वेथिती, विसङ्गती, अनियमितता, भ्रष्टाचार, शोषण तथा विभेद विरुद्ध निरन्तर कलम चलाउदै आएको छ ।
उहाँले सर्लाहीको आदर्श पत्रकारिता तथा मुल मर्मलाई जिवन्त राख्दै सामाचारको माध्यमबाट समाजलाई सुसज्जित तथा जागरुक गर्नुको साथै एउटा सच्चा समाजिक पहरेदारको रुपमा काम गर्दै आएको छ ।
उहाँको रिपोर्टिङ तथा लेखन शैलिले पाठकलाई घटनाको स्थलमा पुगेको र घटना आफ्नै अँखाले देखेको अनुभुती गराउछ । त्यसैले उहाँको स्टोरीले पाठकलाई मन मस्तिष्कमा छुट्टै प्रभाव पार्दछन ।
उहाँ युवा पत्रकारहरुका लागि प्रेरणा तथा आदर्शको रुपमा रहेका छन, भने जिल्लाका अन्य पत्रकारले समेत उहाँबाट पाठ सिक्नुपर्ने आम बुझाई रहेका छन ।
पत्रकार श्रवण थापा फेसबुकमा लेख्छन–
'मैले चलाएको कलमले निकै ठुलो परिवर्तन होला नहोला । तर, यसरी भुईमान्छेको अनुहारमा देखिएको फिस्स खुसिले आफैलाई फुरुङ पार्ने रहेछ । केही समय पहिला सर्लाहीको चन्द्रनगर र हरिपुर नगरपालिकाको मुस्हर बस्तीमा पुगेर चिसोका कारण विपन्न परिवारको विचल्ली भएको रिपोर्टिङ गरेको थिए । उक्त स्टोरी नयाँ पत्रिका दैनिक र अनलाई संस्करणमा प्रकासन भएको थियो । सोही खवर पढेर मलाई काठमाण्डौ स्थित बिशाल गु्रपका सर कुनाल थापाले फोन सम्पर्क गरेर सहयोग गर्ने चाहाना देखाउनु भयो । मैले पनि अनुरोध गरे । उहाँको कम्पनीबाट न्यानो कपडा २० थान ज्याकेट, एक सय २० थान ओड्ने र एक सय २० थान कम्बल पठाई दिनु भएछ । उक्त सामान आज एक कार्यक्रमका विच वितरण गरियो । केही सामान हरिपुरका लागि राखिएको छ । यो बिश्वासका लागि बिशाल ग्रुप परिवार, मलाई रिपोर्टिङ देखी सामान ढुवानी र वितरणमा समेत सहयोग पुर्याउने स्थानीय रामकेवल माझी ज्यू लगाएत उहाँका परिवार, सहकर्मी साथीहरु राकेश गुप्ता र राधेश्याम कुशवाहा पालिका प्रमुख ज्यू, कार्यक्रममा पुर्व प्रतिनिधि सभा सदस्य प्रमोद साह ज्यू, लगाएत सबै जनामा हृदय देखी आभार प्रकट गर्न चाहान्छु । साथै आगामि दिनहरुमा समेत यहाँहरुको थप साथ र सहयोग तथा सहकार्यको अपेक्षा गर्दछु । धन्यवाद ।।'

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…