मधेशका यी युवकले अरबमा जिते ८२ करोडको चिठ्ठा
उनले २० जनासँग मिलेर संयुक्त रूपमा ‘लक्की ड्र’को २३२९३६ नम्बरको टिकट अनलाइनमार्फत जनवरी १६ मा खरिद गरेका थिए । उनका साथीमध्ये अलग–अलग कम्पनीमा काम गर्ने सात नेपाली अनि अन्य भारतीय र श्रीलंकाली छन् ।

२०७९ माघ २२ आइतबार, बिहान ९:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशका एक युवकले अरब देशमा ८२ करोड रुपैयाँको चिठ्ठा जितेका छन् ।
सिरहाको गोलबजार–१२ का रञ्जितकुमार पालले युएईमा ८२ करोडको चिठ्टा जितेका छन् । उनले अरब इमिरेट्स (यूएई)को आबुधाबीस्थित बिग टिकटको राफल ‘लक्की ड्र’अन्तर्गत २३ मिलियन दिराम अर्थात् ८२ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका हुन् ।
सात वर्षअघि एक रेमिट कम्पनीको प्रतिनिधि भएर कतार पुगेका १५ महिनादेखि चिट्ठा किन्न थालेका थिए । पाल बिग टिकटका प्रतिनिधिबाट चिट्ठा परेको खबर सुनेर आफू निकै खुसी भएको पालले बताए । उनी कतारकै सनैयास्थित एक मनी एक्सचेन्जमा कार्यरत छन् ।
उनले २० जनासँग मिलेर संयुक्त रूपमा ‘लक्की ड्र’को २३२९३६ नम्बरको टिकट अनलाइनमार्फत जनवरी १६ मा खरिद गरेका थिए । उनका साथीमध्ये अलग–अलग कम्पनीमा काम गर्ने सात नेपाली अनि अन्य भारतीय र श्रीलंकाली छन् ।
ठूलो धनराशिको चिट्ठा जिते पनि आफूले अहिले गरिरहेको कामलाई निरन्तरता दिने उनले बताए। उनका अनुसार एउटा टिकटको ५ सय दिराम पर्छ।
घरमा उनका बुवा, आमासहित १० र पाँच वर्षका २ छोरा छन्। परिवारका सदस्य सबै जना दंग रहेको उनले सुनाए । अहिले नै घर फर्कने योजना नबनाएको उनको भनाइ छ । बिग टिकट यूएईको अबुधाबीमा मासिक रूपमा खोलिने चिट्ठा हो। जहाँ हरेक महिनाको ३ तारिखमा विद्युतीय माध्यमबाट विजेता छनोट गरी घोषणा गरिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…