तमसुक कागज र हतियारसहित मिटरब्याजी साह पक्राउ
खानतलासीको क्रममा उनको घरबाट जग्गा धनि पुर्जाहरू, खाली चेक लगायतका अन्य कागजातहरू र कटुवा पेस्तोल १ थान, ३०३ राईफलमा लाग्ने गोली ४ थान ४, म्यागनममा लाग्ने गोली १ थान र म्यागनमको खोका १ थान बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

२०७९ माघ २२ आइतबार, बिहान ९:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरबाट एक मिटरब्याजी तमसुक कागजात र हतियारसहित पक्राउ परेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ पुलचोक मिल्सएरियास्थित बस्ने बर्ष ४१ का मिटरब्याजी भनेर चिनिने दिलिप साह प्रहरीको फन्दामा परेका छन् ।
साहविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा विभिन्न व्यक्तिहरुले मिटरव्याजीको उजुरी दिएका थिए । सोही क्रमदेखि उनीमाथि छानबिन सुरु भएको थियो ।
शनिबार प्रहरी नायव उपरीक्षक दिपकुमार रायको नेतृत्वमा गएको प्रहरी टोलीले दिलिप साहको घर तथा पसलमा खान तलासि गर्दा कपाली तमसुकहरू फेला पारेको हो ।
खानतलासीको क्रममा उनको घरबाट जग्गा धनि पुर्जाहरू, खाली चेक लगायतका अन्य कागजातहरू र कटुवा पेस्तोल १ थान, ३०३ राईफलमा लाग्ने गोली ४ थान ४, म्यागनममा लाग्ने गोली १ थान र म्यागनमको खोका १ थान बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…