चर्चित अभिनेता निराजन मेहताको फिल्म 'TRASS- एक खौफ' भोजपुरी फिल्मको ट्रेलर रिलिज
न्यूज ब्यूरो, सप्तरी । नेपालको सप्तरी बाट निर्माण हुदैगरेको मनोरञ्जनको क्षेत्रमा अन्तराष्ट्रिय स्तरको भोजपुरी कथानक चलचित्र “त्रास एक खौफ” को ट्रेलर सार्वजनिक भएको छ । श्रृजना ढुंगाना यादवको लगानी रहेको र अनुराग फिल्म्सको व्यानरमा शर्मा फिल्मस् ले प्रस्तुत गरेको भोजपुरी चलचित्र “त्रास एक खौफ” मा सस्

२०७९ माघ २१ शनिबार, बिहान ९:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । नेपालको सप्तरी बाट निर्माण हुदैगरेको मनोरञ्जनको क्षेत्रमा अन्तराष्ट्रिय स्तरको भोजपुरी कथानक चलचित्र “त्रास एक खौफ” को ट्रेलर सार्वजनिक भएको छ ।
श्रृजना ढुंगाना यादवको लगानी रहेको र अनुराग फिल्म्सको व्यानरमा शर्मा फिल्मस् ले प्रस्तुत गरेको भोजपुरी चलचित्र “त्रास एक खौफ” मा सस्पेन्स, थिल, प्रेम प्रसंग, अपराध सँग जोडिएको कथा वस्तुमा निर्माण भईरहेको चलचित्र जनकपुर, सप्तरी र सुनसरीको विभिन्न लोकेशनहरुमा छायांकन गरिएको चलचित्रका लेखक तथा निर्देशक निराजन मेहता मन्जितले बताए ।
चलचित्रलाई अन्तराष्ट्रिय स्तरको बनाउन प्राविधिक कुरामा विशेष ध्यान पुर्याईएको र कथा वस्तुमा पनि पुरै टीमले राम्रो मेंहनत गरेको निर्देशक मेहताले बताए । यो चलचित्रको धेरै कामहरु सम्पन्न भईसकेको हुनाले आगामी वैशाख अनितममा प्रदर्शनमा आउने बताए ।
लगातार डेर दशक देखि मैथिली र भोजपुरी चलचित्र क्षेत्रमा सक्रिय भई काम गर्दै आईरहेका निर्देशक मेहताले यो चलचित्र मैथिली र भोजपुरी दुई भाषामा बनाएको बताए । यो चलचित्र भारतको युपी र विरहर प्रान्तमा पनि लोकप्रिय हुने विश्वास निर्माण पक्षको रहेको छ ।
सो फिल्ममा अभिनेता निराजन मेहताले लीड अभिनय पनि गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…