असहाय परिवारलाई चर्पी सहयोग
न्यूज ब्यूरो || जनकपुरधाम, २१ बैशाख । धनुषामा असहाय परिवारलाई बल्टिया सेवा समाजद्धारा चर्पी सहयोग गरिएको छ । सरसफाइलाई मुख्य मुद्दा बनाइ कार्यरत विभिन्न कानुनी गैरकानुनी संस्थाहरूको सहयोग र पहलबीच एक असहाय परिवारलाई खाडी मुलुक बिच कार्यरत नेपालिहरुको समुहले शौचालय निर्माण हेतु सामाग्री जुटाएका छन। ग

२०७५ बैशाख २१ शुक्रबार, दिउँसो ३:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २१ बैशाख । धनुषामा असहाय परिवारलाई बल्टिया सेवा समाजद्धारा चर्पी सहयोग गरिएको छ ।
सरसफाइलाई मुख्य मुद्दा बनाइ कार्यरत विभिन्न कानुनी गैरकानुनी संस्थाहरूको सहयोग र पहलबीच एक असहाय परिवारलाई खाडी मुलुक बिच कार्यरत नेपालिहरुको समुहले शौचालय निर्माण हेतु सामाग्री जुटाएका छन।
गल्फको साउदी अरेबिया, कतार, कुवेत ,बहराइन, दुबई मलेसियामा कार्यरत नेपाली युवाहरुको समूह बल्टिया सेवा समाज धनुषाले जिल्लाको सवैला नगरपालिका स्थित कोठियाकै एक दलित असहाय परिवारलाई शौचालय समाग्री सहयोग गरेको हो ।
कोठियाको विपन्न परिवार बिश्वनाथ पासमानलाइ उक्त समूहले चर्पी निर्माण हेतु सामाग्री सहित निर्माण खर्च समेत उपलब्ध गराइएको समुहको खाडी अध्यक्ष मनोज पासमानले जानकारी दिएका छन।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…