जनकपुरबाट साढे ३ लाखको अवैद्य कपडा र किरानाको समान पक्राउ 

प्रहरीले दुवै समान गरी कुल ३ लाख ३९ हजार ३३० रुपैयाँ मूल्य तोक्दै कारवाहीको लागि जनकपुर भन्सार कार्यालय पठाएको हो । 

२०७९ माघ १५ आइतबार
बेलुकी ७:५९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले भन्सार छली गरी ल्याएको करिब साढे ३ लाख रुपैयाँ मूल्य बराबरको अवैद्य कपडा र किरानाको समान पक्राउ गरेको हो । 

भारतबाट भन्सार छली गरी जनकपुर ल्याउँदै गरेको अवस्थामा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ पुलचोकस्थितबाट पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय धनुषाको गस्ती टोलीले पुलचोकस्थितबाट २ लाख १९ हजार ३३० रुपैयाँ मूल्य बराबरको किराना समान तथा लत्ताकपडा पक्राउ गरिएको हो । सोही सँगै विदेह नगरपालिकाको वडा नं. ९ इटहर्बास्थितबाट १ लाख २० हजार मूल्य बराबरको कस्टमेटिकको समान ल्याउँदै गर्दा पक्राउ गरिएको हो । 

प्रहरीले दुवै समान गरी कुल ३ लाख ३९ हजार ३३० रुपैयाँ मूल्य तोक्दै कारवाहीको लागि जनकपुर भन्सार कार्यालय पठाएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जसपामा दलको नेता चयन गर्न चुनाव हुने, यादवलाई टेरेन राउत

  • २०७९ माघ १५ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेशको दलका नेताका लागि चुनावको कार्यक्रम आइतबार सार्वजनिक हुने भएको छ । जसपा पार्टीको मधेश प्रदेश दलको नेता चयनका लागि गठन

पूरा पढ्नुहोस्

Bureau Menus