अब बैँकले किस्ताको लागि टर्चर गरे, दुःख दिए जानकारी गराऔँः उपाध्यक्ष श्रेष्ठ

२०७९ माघ १५ आइतबार
बेलुकी ७:३० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंक तथा वित्तीय संसथाहरुले दुःख दिएको कारण उद्योगी व्यवसायीहरुले आत्मदाह र आत्महत्या गर्नुपर्ने अवस्था आउनु दुःखद भएको बताएका छन् । 

बैंकहरुले कर्जाको ब्याजदर फेरि बढाएपछि आज जिल्ला नगर र बस्तुगत उद्योग वाणिज्य संघहरुसँग छलफल गर्ने क्रममा उपाध्यक्ष श्रेष्ठले अहिले कुनै पनि उद्योगी व्यवसायीहरुले बढेको ब्याजदर अनुसार कर्जाको ब्याज भूक्तानी गर्न सक्ने अवस्था नरहेको बताएका हुन् ।

उनले यदि देशका जुनसुकै कुनामा कुनै पनि बैंक तथा वित्तीय संस्थाले उद्योगी व्यवसायीहरुलाई ‘टर्चर’ दिने काम गरेका छन् भने त्यसको जानकारी आफूलाई गराउन पनि अनुरोध गरेका छन् । 

‘कुनै बैंकले अहिलेको अवस्थामा कसैलाई दुःख दिने काम गरेको छ भने त्यसको जानकारी गाराउनु होला, हामी सहयोग गछौँ’ उनले भने, ‘म उद्योगी व्यवसायी साथीहरुलाई अनुरोध गर्न चाहन्छु, दुःख दिने बैंकको नाम, ब्रान्च र म्यानेजरको नाम र फोन नम्बरसहित हामीलाई जानकारी गराउनुहोला, हामी सहयोग गछौँ ।’

बैंकहरुले निक्षेपको ब्याजदर घटाएको भएपनि कर्जाको ब्याजदर फेरि ०.५ प्रतिशतदेखि १ प्रतिशतसम्म बढाएको भन्दै देशैभरीका उद्योगी व्यवसायीहरु पुनः आन्दोलनको तयारीमा छन् । कतिपय जिल्ला नगर उद्योग वाणिज्य संघहरुले भोली सोमबारबाटै आन्दोलन गर्दैछन् । 

राष्ट्रिय व्यवसायी महासंघले पनि भोली सोमबार माइतीघर मण्डलामा शान्तिपूर्ण धर्नाको कार्यक्रम राखेको छ , 

  • 0%
  • 33%
  • 33%
  • 0%
  • 0%
  • 0%

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण: बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

  • २०७९ माघ १५ आइतबार

न्यूज ब्यूरो, सिरहा । बरियारपट्टी गाउँपालिकाकी उपाध्यक्ष ममता कुमारी यादवले बिवादित व्यक्ति अशोक कुमार सिंहलाई पालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा राख्न जोडबल गरेको छ । प्रेस विज्ञप्ती जारी गर्दै एक पत्रकार

पूरा पढ्नुहोस्

Bureau Menus