
न्यूज ब्यूरो, जनकपुरधाम । भारतको अयोध्यामा निर्माणाधीन राममन्दिरमा स्थापित हुने भगवान रामललाको बालस्वरुप निर्माणका लागि कालीगण्डकी नदीबाट ल्याइएको दुई विशाल ‘शिला’ (पत्थर) जनकपुरधाम ल्याइएकोछ ।
नेपाल र भारतबीचको रामायणकालीन सम्बन्धलाई रामललाको मन्दिरमा स्थापित हुने प्रतिमाले अझ सशक्त बनाउनेछ ।भगवान शालीग्राम पाइने नेपालको एकमात्र कालीगण्डकी नदीबाट दुई थान शिला अयोध्या पठाउन थालिएको छ ।
नेपालबाट प्रदान गर्न लागिएको शिलाबाट भगवान रामको बालस्वरुप निर्माण गरिनेछ ।शिला संकलन तथा पठाउने कार्यमा सक्रिय रहेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले जनाए अनुसार ढुंगाबाट कुदिएर निर्माण गरिने भगवान रामको बालस्वरुप राम मन्दिरको गर्भगृहमा रहने छ ।
‘राम मन्दिरमा स्थापित हुने मूल स्वरुप नै नेपालको शिलाबाट तयार गरिनेछ’ उनले भने, दुईवटा शिलाबाट एकै साथ मूर्ति बनाइनेछ । राममन्दिरमा ४ सय वटा कलात्मक पिल्लर राखिएको छ । हरेक खम्बामा १६ वटा देवीदेउताका मूर्ति कुदिनेछ ।मन्दिर न्यास समितिले सार्वजनिक गरेको विवरण अनुसार मन्दिरको ४० सय खम्बामा गरी ६ हजार ४ सय देवी देउताका कलात्मक मूर्तिहरु कुदिनेछ ।
भारतीय जनता पार्टी (भाजपा) का प्रभावशाली नेता एवं भारत सरकारका गृहमन्त्री अमित शाहले जनाए अनुसार आगामी २०२४ सालको जनवरी १ तारेखको दिन मन्दिर निर्माणको कार्य पूरा हुनेछ ।‘
भगवान रामको मन्दिर निर्माणको कार्य समयमै पूरा गर्न द्रुतगतिमा कार्य भइरहेको छ ’ उनले भने, राममन्दिरमा रहने कलाकृतिहरुले समग्र भारतको झझल्को दिनेछ ।
नेपालबाट पठाउन लागिएको शिलाबाट बढीमा १० महिना भित्र भगवान रामको प्रतिमा तयार भइसक्ने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जनाए ।‘ शिलाबाट भगवान रामको बाल्यस्वरुप निर्माण गरिनेछ’ उनले भने, दुईवटै शिलाबाट एकै साथ मूर्ति निर्माण गरिनेछ । त्यस मध्येको उत्तम मूर्तिलाई मन्दिरको गर्भगृहमा प्रतिस्थापन गरिनेछ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२०को ५ अगस्तमा मन्दिर निर्माणका लागि भूमि पूजन गरेका थिए ।सो भूमि पूजनपछि मन्दिर निर्माणका कार्य प्रारम्भ भएको थियो ।
सन् २०१९ मा भारतको सर्वोच्च अदालतले मन्दिर निर्माणका लागि स्वीकृति प्रदान गरेको थियो ।सो जग्गा राममन्दिर निर्माण प्राप्तिका लागि १ सय ३५ वर्ष लामो कानूनी लडाइ लडिएको थियो । राममन्दिरमा सीताको प्रतिमासमेत स्थापित गर्न नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले पहल गरेका थिए ।त्यसपछि कालीगण्डकी नदीबाट शिला ल्याएर भगवान रामललाको प्रतिमा बनाउन दुबै पक्षबाट भएको पहलले सकारात्मक परिणाम दिएको छ ।
नेपाल सरकारले जानकी मन्दिर मार्फत शिलालाई भारतको अयोध्यास्थित राममन्दिर न्यासलाई प्रदान गरिनेछ ।कालीगण्डकी नदीबाट पूजापाठ गरी जनकपुरधामका लागि ल्याइएको शिला शनिवार रातिआइपुगेको हो ।
शिलालाई जानकी मन्दिर परिसरमा राखिने र आइतवार बिहान ९ बजे विशेष पूजा महाआरती गरिने कार्यक्रम रहेको उत्तराधिकारी महन्थ रामरोशन दासले जनाए । देवशिला पूजन महाआरतीमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव समेतको सहभागिता रहनेछ । ‘ शिला आइतवार दिनभरि नै जनकपुरधाममा रहनेछ ’ उनले भने, शिला सोमवार बिहान भारतका लागि पठाइने छ ।
शिलालाई नेपाल र भारतको विभिन्न स्थानहरुमा विशेष पूजापाठ गरिने तयारी गरिएको छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, पूर्व उपप्रधानमन्त्री निधि लगायत सन्तमहन्थ, श्रद्धालु भक्तजनहरु शिला लिएर जाने कार्यक्रम रहेको बताइएको छ । अयोध्या मन्दिर र प्रतिमा निर्माणमा सक्रिय कलाकारहरुले नेपाली शिलाबाट भगवान रामललाको बालस्वरुप निर्माण गर्ने छन् ।
प्रेमकाे नाटक गरेर महिलाकाे अश्लिल भिडियाे बनाउने पक्राउ
- २०७९ माघ १५ आइतबार
न्यूज ब्यूरो, काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-७ खड्काथोक बस्ने २४ वर्षीय अर्जुन खड्कालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पिडकले सामाजिक सञ्जाल फेसबुक मार्फत पीडित महिलासँग
पूरा पढ्नुहोस्