अपन मिथिला सेवा समाजद्वारा दाइजो विरुद्ध र्याली प्रदर्शन
बिनय यादव/न्यूज ब्यूरो || सिरहा, २० बैशाख । 'नारीको सम्मान गरौं, दहेज प्रथालाई उन्मुलन गरौं' 'दहेज मुक्त मिथिला अपन अभियान' भन्ने मुल नाराका साथ मधेसी मुलका नेपाली युवाहरुको साझा सामाजिक संगठन अपन मिथिला सेवा समाज सिरहा शाखाले कल्याणपुर नगरपालिका अन्तर्गत रहेका १२ वटै वडामा बिहीबार संयुक्त रुपमा र्&

२०७५ बैशाख २० बिहीबार, दिउँसो २:०५ बजे२ मिनेट पढाइ

बिनय यादव/न्यूज ब्यूरो ||
सिरहा, २० बैशाख । 'नारीको सम्मान गरौं, दहेज प्रथालाई उन्मुलन गरौं' 'दहेज मुक्त मिथिला अपन अभियान' भन्ने मुल नाराका साथ मधेसी मुलका नेपाली युवाहरुको साझा सामाजिक संगठन अपन मिथिला सेवा समाज सिरहा शाखाले कल्याणपुर नगरपालिका अन्तर्गत रहेका १२ वटै वडामा बिहीबार संयुक्त रुपमा र्याली प्रदर्शन गरेको छ ।
नेपाली समाजमा विद्यमान रहेका दाइजो प्रथा, महिला शोषण, महिला हिंसा, बलात्कार, छुवाछूत, कुविचार, भेदभाव र भ्रष्टाचार लगायत विभिन्न किसिमका जल्दाबल्दा विकृति विरुद्ध र गरीब, दलित, जनजाति, अपाङ्ग र असहायहरुको सहयोग, छुवाछूत र कुविचार मुक्त समाज, गरीब, पीडित र असहाय बालबालिकाहरुलाई नि:शुल्क शिक्षा दिने लगायतका उद्देश्य सहित र्याली प्रदर्शन गरिएको हो ।
दहेज प्रथा तथा विभिन्न किसिमका कार्यहरुबाट देखिएका विकृतिहरु अन्त्यका लागि दबाब र जनचेतना स्वरुप र्यालीको आयोजना गरिएको आयोजक समाजका केन्द्रीय अध्यक्ष कैलाश यादवले बताउनुभयो ।
दहेज प्रथालाई सामाजिक बहिष्कार गर्नुपर्ने माँग गर्दै वृहत र्याली नगरको विभिन्न भागको परिक्रमा पश्चात कल्याणपुर बजार स्थित दुर्गा मन्दिरको प्रांगणमा कोण सभाको आयोजना गरिएको थियो ।

यस संस्थाको प्रमुख उद्देश समाज परिवर्तन गर्नु नै रहेको र आफुहरु यसका निमित्त निरन्तर संघर्ष गर्दै आएको समाजका कतार शाखाका अध्यक्ष मन्साराम यादवले बताए ।
दहेज प्रथालाई अन्त्य गरी महिला हिंसाको घटनामा न्यूनीकरण गर्नुपर्ने माँग सहित अपन मिथिला सेवा समाजका केन्द्रीय अध्यक्ष कैलाश यादवको प्रमुख संयोजकत्वमा सम्पन्न र्याली प्रदर्शन कार्यक्रममा समाजका सिरहा शाखाका अध्यक्ष मनोहर यादव, केन्द्रीय कोषाध्यक्ष भरत चौधरी यादव, सल्लाहकार राम लखन महरा, सदस्यहरु बुधन मंसुरी, रामवावु मण्डल, ललन मण्डल, दिलीप मण्डल, हरि मण्डल र घुरण साफी लगायत स्थानीय नगरबासी, बुद्धिजीवी, समाजसेवी, विद्यार्थीहरुको बाक्लो सहभागिता रहेकोे थियोे ।
साथै, रोजगारीका सिलसिलामा विभिन्न पेसामा संलग्न रही आफ्नो जन्मभूमि छोडेर अन्य-अन्य देशलाई कर्मभूमि बनाई श्रम गरिरहनु भएका नेपालीहरुलाई अपन मिथिला सेवा समाजसँग आवद्ध हुन आग्रह गरिएको छ । यस अपन मिथिला सेवा समाजको प्रधान कार्यालय जनकपुरमा रहेको छ भने खाडी मुलुक साउदी, कतार, कुवेत, मलेसिया, दुबई र भारत गरी जम्मा ६ देशमा यसका शाखाहरु रहेका छन् ।
समाजले नेपाली समाजमा विद्यमान रहेका विभिन्न किसिमका जल्दाबल्दा समस्याहरु समाजबाट अन्त्य गर्नको लागि गर्नुपर्ने प्रयासहरुबारे विभिन्न देशका शाखाको बैठकद्वारा गहन चर्चा परिचर्चा र विभिन्न ठाउँमा जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…