नक्कली मोबिलसहित दुई जना पक्राउ
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले उक्त पसलमा भण्डारण गरी राखिएको विभिन्न नाम र तौलमा प्याकिङ गरी तयार पारिएको मोबिल १ हजार ५० लिटर, २ सय एमएलको ४५ डिब्बाको ब्रेक आयल, डिस्टिलड वाटर, ग्यालेनहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

२०७९ माघ ११ बुधबार, राति ९:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । वीरगंज प्रहरीले वीरगंजबाट गुणस्तरहीन मोबिलसहित दुई जनालाई पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका(३ छपकैयामा रहेको समसुन ट्रेडर्सका सञ्चालक शेष आविद अली र वीरगंज वडा नम्बर १७ अलौ बस्ने शेष कौशललाई पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले उक्त पसलमा भण्डारण गरी राखिएको विभिन्न नाम र तौलमा प्याकिङ गरी तयार पारिएको मोबिल १ हजार ५० लिटर, २ सय एमएलको ४५ डिब्बाको ब्रेक आयल, डिस्टिलड वाटर, ग्यालेनहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुबै जनालाई कालो बजारीअन्तर्गतको कसूरमा सात दिनको म्याद थप गराइ अनुसन्धान कार्य भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…